#Breaking_News : राजिनामा न-आयपछी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गर्यो अविश्वासको प्रस्ताव दर्ता
काठमाडौं, २९ असार । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
सरकारबाट समर्थन फिर्ता लिदासमेत प्रधानमन्त्री ओलीले राजीनामा नदिएपछि माओवादी र कांग्रेसले व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
कांग्रेसका तर्फबाट मुख्य सचेतक चीनकाजी श्रेष्ठ र माओवादीबाट मूख्य सचेतक हितराज पाण्डेले संसदमा अविश्वासको प्रस्ताव दर्ता गरे । उनीहरुका अनुसार अविश्वासको प्रस्तावमा कांग्रेस र माओवादी लगायतका अन्य केही दलहरुले समर्थन गरेका छन् ।
संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि सञ्चारकर्मीसँग बोल्दै माओवादी सचेतक पाण्डेले प्रधानमन्त्रीले राजीनामा दिन नमानेकाले आफूहरु संसदीय प्रक्रिया अनुसार अघि बढेको बताए ।
यसअघि नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई तीन बजेभित्र राजीनामा दिइसक्न अल्टिमेटम दिएको थियो ।
Post a Comment