Latest Updates :

दक्षिण कोरियामा काम गर्ने नेपाली हरुको लागि खुशीको खबर ...


SHARE THIS POST :

सोलः दक्षिण कोरियामा आगामी बर्ष अर्थात् २०१७ को लागि ७.३ प्रतिशत ज्याला वृद्धि हुने भएको छ। ज्याला निर्धारण समितिको १४ औँ बैठकले शनिबार बिहान गरेको निर्णय अनुसार कामदारले आगामी बर्ष प्रतिघन्टा ६ हजार चार सय ७० वन प्राप्त गर्नेछन्। बढेको ज्याला मार्फत् कामदारले न्युनतम तलब प्रति महिना १३ लाख ५२ हजार दुई सय ३० वन हुनेछ। हालको विनिमय दर अनुसार प्रति महिना नेपाली कामदारले एक लाख ३० हजार बराबरको रकम प्राप्त गर्नेछन्। २०१७ मा कामदारले प्रतिघन्टा चार सय वन थप रकम प्राप्त गर्नेछन्।
अतिरिक्त समय काम भएको अवस्थामा प्रतिघन्टा नौ हजार सात सय पाँच वन प्राप्त गर्नेछन्। बैठकमा उपस्थित १६ जना ज्याला निर्धारण समितिका सदस्यमा १४ जनाले प्रतिघन्टा छ हजार चार सय ७० वन पक्षमा सहमति जनाएका थिए। जुन २८ मा हुनुपर्ने निर्णय ट्रेड युनियन पक्ष र रोजगार दाता पक्षका अडानले बार्ता लम्बिदै आएको थियो। ज्याला निर्धारण समितिको सिफारिसलाई अगस्ट पाँचमा श्रम मन्त्रालयले अनुमोदन गरेपश्चात जनवरी एकदेखि नयाँ तलबमान लागु हुनेछ। मजदूर पक्ष र रोजगार दाता पक्षबीचको अडानले गर्दा बैठक १४ औँ पटकसम्म बस्नु परेको थियो। ज्याला प्रतिघण्टा दश हजार वनको माग गर्दै बैठक स्थल बाहिर मजदुरले धर्ना दिइरहेका थिए।बढ्दो महंगीले जीवनयापनमा कठिनाई भएको मजदूर पक्षको तर्क थियो । ज्याला निर्धारण समितिमा रहेका कम्पनी प्रतिनिधिले साना तथा मझौला कम्पनीले समस्या भोगिरहेको बताउदै ज्याला वृद्धि गर्न नसकिने अडान राखेका थिए । विकसित देश सरह ज्याला रहेको कम्पनीको दाबी छ । साना तथा मझौला कम्पनीको तर्फबाट न्यूनतम ज्याला निर्धारण समितिमा कम्पनीले आफ्नै तरिकाले ज्याला निर्धारण गर्न पाउनुपर्ने नयाँ माग ज्याला निर्धारण समितिमा राखेका थिए । साना तथा मझौला कम्पनी मार्फत ज्याला निर्धारण समितिलाई पठाइएको पत्रमा पारिश्रमिक ,बोनस, र बासस्थान निर्धारणको अधिकार कामदार कार्यरत कम्पनीले गर्न पाउनुपर्ने माग थियो । न्युनतम ज्याला निर्धारण समितिका बहुमत सदस्य मार्फत उक्त माग अस्वीकृत भएको थियो । २७ सदस्यीय ज्याला निर्धारण समितिमा नौ जना मजदुर संगठनका प्रतिनिधि रहेका हुन्छन् भने नौ जना रोजगारदाता प्रतिनिधि र बाँकी नौ जना सरकारी प्रतिनिधिका रुपमा खटिएका हुन्छन् । मजदुर संगठनलाई प्राप्त प्रतिनिधि संख्या दुई मजदुर संगठनले बाडेका छन् । एफकेटियुबाट पाँच र केसीटियुले चार प्रतिनिधि ज्याला निर्धारण समितिमा सहभागी हुने व्यवस्था छ । उच्च र निम्न आय भएका कामदारहरु बीचको तलबमान अन्तर माथि गरिएको एक अनुसन्धानमा दक्षिण कोरिया सबै भन्दा खराब स्थानमा छ । ओइसिडीमा आबद्ध रहेका ३४ सदस्यीय राष्ट्रको कामदारको तलब अन्तरबारे मे १३ उक्त प्रतिवेदन प्रकाशित भएको थियो । दक्षिण कोरियामा रहेका कुल कामदार मध्य १३.७ प्रतिशत कामदारले न्यूनतम ज्याला भन्दा पनि कम रकममा श्रम गरिरहेका छन् । २०१६ को लागि ८.१ प्रतिशत वृद्धि गरि प्रतिघन्टा छ हजार ३० वन निर्धारण गरिएको थियो । अतिरिक्त समय काम भएको अवस्थामा कामदारले प्रतिघन्टा नौ हजार ४५ प्राप्त गर्छन् । यस बर्षको लागि न्यूनतम मासिक तलब १२ लाख ६० हजार दुई सय ७० वन कायम गरिएको थियो । ज्याला निर्धारण समितिले २०१० मा चार हजार एक सय १० वन ,२०११ मा चार हजार तीन सय २० वन ,२०१२ मा चार हजार पाँच सय ८० वन प्रतिघण्टा निर्धारण गरेको थियो । त्यस्तै, २०१३ मा चार हजार आठ ६० वन ,२०१४ मा पाँच हजार दुई सय १० वन, २०१५ मा पाँच हजार पाँच सय ८० वन प्रतिघन्टा लागु गरिएको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv