Latest Updates :

पेलेले गरे अर्को विवाह...


SHARE THIS POST :

केही खेलाडी कहिल्यै बूढा हुँदैनन्, प्रेम प्रसंगलाई लिएर । विश्व फुटबलले पाएको अहिलेसम्मकै सबैभन्दा ठूला स्टार पेले यसै साता फेरि वैवाहिक बन्धनमा बाँधिए । उनको यो तेस्रो विवाह हो ।

पछिल्ला ६ वर्षदेखि उनी मार्सिया सिबेले आकीको प्रेम सम्बन्धमा थिए । पेलेले त्यही प्रेमलाई विवाहको रूप दिएका हुन् । अहिले पेले ७५ वर्षका भैसकेका छन् । त्यसैले उनले मिडियालाई आफ्नो विवाहका बारेमा भनेका छन्, ‘मार्सियाप्रति अबको मेरो प्रेम सधैंका लागि हुनेछ ।’ पछिल्लो समय पेले लगातार बिरामी हुन थालेका छन् र उनको रेखदेख गर्नेमा तिनै मार्सिया अग्रपंक्तिमा छिन् ।

उनीहरूको पहिलो भेट सन् १९८० मा भएको थियो, तर प्रेम सम्बन्धको सुरुवात भने सन् २०१० पछि मात्र भएको हो । मार्सिया ४२ वर्षकी छिन् र व्यापार गर्छिन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv