Latest Updates :

काठमाडौंबाट हङकङका लागि उडेको विमानमा चरा ठोक्कियो...


SHARE THIS POST :

असार २३, २०७३
 हङकङका लागि उडान भरेको नेपाल वायुसेवा निगमको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको छ । त्रिभुवन विमास्थलबाट उडान भरे लगत्तै चरा ठोक्किएपछि विमानलाई केहीबेर अघि आकस्मिक अवतरण गराइएको विमानस्थल सुरक्षा स्रोतले पुष्टी गरेको छ । चालक दलका सदस्यहरुले विमानलाई आकस्मिक अवतरण गराउन सफल भएको र कुनै मानवीय क्षति हुन नपाएको विमानस्थल व्यवस्थापनले जनाएको छ ।

 हङकङका लागि उडेको सो विमानमा एक सय भन्दा बढी यात्रु सवार रहेको निगम स्रोतले जनाएको छ । विमानलाई आकस्मिक अवतरण गराउने क्रममा त्रिभुवन विमानस्थलमा केहीबेर उडान तथा अवतरण प्रभावित भएको थियो । बाहिरबाट आउने केही जहाजलाई आकाशमा होल्ड गर्न लगाइएको थियो । चरा ठोक्किएर विमान ग्राउण्डेड भएपछि दिल्लीबाट आएको निगमको अर्काे जहाज मार्फत हङकङ जाने यात्रुलाई पठाउने तयारी भइरहेको निगम व्यवस्थापनले जनाएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv