Latest Updates :

देउवाले प्रचण्डको टाउकाको मूल्य तोके..


SHARE THIS POST :

साउन २
 काठमाडौं–२०५८ मंसिरमा सरकार–माओवादी वार्ता भंग भएपछि सबैभन्दा तीतो सम्बन्ध देउवा प्रचण्डबीच नै रह्यो । देउवाले देशमा संकटकाल लगाए । माओवादीलाई आतंककारी घोषणा गर्दै नियन्त्रणका लागि आतंककारी तथा विध्वंशात्मक अपराध नियन्त्रण तथा सजाय अध्यादेश) मात्र ल्याएनन्, २०५९ वैशाखमा माओवादी नेताहरूको टाउकाको मूल्यसमेत तोकिदिए ।

 त्यसपछि इन्टरपोलले रेड कर्नर नोटिससमेत जारी ग-यो । प्रचण्डसहित वरिष्ठ नेताको ५० लाख, पोलिटब्युरो सदस्हयहरूको ३५ लाख र केन्द्रीय सदस्य तथा अन्य प्रभावशाली नेताहरूको २५ लाख मूल्य तोकियो । गृहमन्त्री थिए खुमबहादुर खड्का ।

 देउवा सरकारका गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले ‘जसले मारेर ल्याए पनि हुन्छ । त्यही झोलाभरि पैसा लिएर जानुस्’ भनेर सरकारको निर्णय सार्वजनिक गरे । माओवादी नेताको टाउको ल्याएकै झोलामा पैसा पनि लिएर जाने गरी तत्कालीन सरकारले घोषणा गरेपछि माओवादी देउवाविरुद्ध झन् आक्रामक हुन पुगेको थियो ।

सत्तामा छँदा देखाएको व्यववहारकै कारण माओवादीले उनी सरकारबाट बाहिरिएपछि पनि रिसइवी साँधिरह्यो । कैलालीमा माओवादीले देउवाको गाडीमा एम्बुस राख्यो, तर देउवालाई केही भएन । उनी बालबाल बच्न पुगे । डोटीबाट फर्किंदै गर्दा देउवाको गाडीलाई लक्षित गरी एम्बुस थापिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv