आईतबार राती परेको अबिरल बर्षा पछि आएको भिषण बाढी र पहिरोबाट प्यूठानमा अहिले सम्म ३८ जनाको मृत्यु भएको छ भने थप ६ जना अझै व्यपत्ता रहेका छन् । बुधवार साँझसम्म जिल्लाका ६ गाविसमा गरी ३८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ ।
जिल्लाको दुर्गम गाविस फोप्लीमा सवैभन्दा धेरै २४ जनाको बाढी पहिरोवाट मृत्यु भएको छ । त्यस्तै अर्खामा ३, माझकोट ३, खवाङ–३, पूँजा २ र लुङमा १ जनाको मृत्यु भएको जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी जनकरात पन्तले जानकारी दिए ।
पहिरोले पुरिएर बुधवार राति फोप्ली–६ का स्थानीय एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर केसीको समेत मृत्यु भएको प्रहरीले जनाएको छ । तर फोप्लीमा पहिरोमा परि मृत्यु हुने सबैको यो खबर तयार पार्दा सम्म पोष्टमार्टव हुन नसकेको भन्दै आफन्तले गुनासो गरेका छन् ।
गाउँका झण्डै २ सय घरपरिवार विस्थापित भएको फोप्ली गाविस सामाजिक परिचालक यूवराज भण्डारीले जानकारी दिए । पहिरोबाट विस्थापित गाउँलेहरु स्थानीय गाउँकै नेरा प्राविको प्र्रांङगणमा आश्रय लिएर बसेको उनले जानकारी गराए ।
त्यस्तै, पहिरोमा पुरिएर बेपत्ता भएका ६ जना अझैसम्म फेलापर्न सकेका छैनन् । फोप्लीमा २ जना, लुङमा ३ जना र खवाङमा १ जना बेपत्ता रहेको प्रहरी नायव उपरिक्षक रंजितसिंह राठौँरले जानकारी दिए । बेपत्ताहरुको खोजीकार्य जारी रहेको प्रहरी प्रमुख राठौँरले बताए ।
मृतकको नाम यसप्रकार छन् :
१ नन्दी पुन मगर, २ दोवन्ती पुनमगर, ३. टुककली पुनमगर, ४. रछानी पुमगर, ५. तेजे पुन, ६.खस्सी पुन, ७. मने पुन, ८. शेरे पुन, ९.कुमारी पुन, १०. चेतीना पुन, ११. प्रकृति पुन, १२.सागर पुन, १३.रामे घर्ति
१४. नोखी बैजालीमगर, १५.भुपे पुन, १६.धने पुन, १७. लिला पुन, १८.हरी बहादुर के.सी., १९.विन्दु के.सी., २०. नारायण के.सी., २१. दोर्णबहादुर केसी, २२.पवित्रा केसी, २३.जागेश्वर बुढाथोकी, २४.पिमा बुढाथोकी, २५. देवबहादुर बुढा, २६. हिमाल बुढा, २७.जबुना बुढा, २८. जाली पुन, २९.दिलमाया केसी, ३०.दविले सुनार ,३१. डिके सुनार, ३२.सुपारी मल्ल, ३३. मुकेश मल्ल, ३४.शिवबहादुर सुनार, ३५. पहिचान नखुलेको पुरुष, ३६. पहिचान नखुलेको महिला १ ।
बेपत्ताको नाम यसप्रकार छ :
१.केमली पुन, २. थमी पुन, ३. शोभा रिजाल, ४. काली परियार, ५. किरण थापा, ६.कुटुरी सुनार ।
यता पूर्व गृहमन्त्री एवं प्यूठान क्षेत्र नम्वर १ का सांसद् बामदेव गौतमको अध्यक्षतामा १४ सदस्यीय सहयोग संकलन समिति गठन गरिएको छ ।
‘समिति मार्फत प्रधानमन्त्रीलाई भेट गरी यथाशक्य सहयोगका लागि ज्ञापन पत्र बुझाएका छौँ’,टोलिमा सहभागी नेकपा एमालेका केन्द्रीय सदस्य एवं बांगेमरोठ प्यूठान निवासी सूर्य थापाले भने,‘पीडितहरुलाई राहत, पूनःस्थापना र उद्धारमा सहयोग गर्न सवैलाई आग्रह गर्छौ ।’
सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड विजुवार प्यूठान शाखामा ‘राहत, उद्दार पूनःस्थापना कोष’ स्थापना गरिएको उनले जानकारी दिए ।
खातामा सांसद् गौतमले ५० हजार र जिल्लाका अन्य पाँच जना सांसद्हरु हिरा बहादुर के.सी, धन बहादुर रायमाझी, रेखा शर्मा, दुर्गा पौडेल, पुनाराम थापाले २०र२० हजार रुपैयाँ सहयोग जम्मा गरिसकेको थापाले बताए ।
Post a Comment