Latest Updates :

राजतन्त्रको बिसयमा ज्ञानेन्द्र शाहले यसो भने..


SHARE THIS POST :

२६ असार २०७३ नेपाली हेडलाइन२४।
२०६२/६३ को जनआन्दोलनपछि गद्दीच्युत गरिएका तत्कालीन राजा ज्ञानेन्द्र शाहले असार २३ गते जन्मदिन मनाउने क्रममा आफ्नो निजी निवास शुभेच्छुकहरुका लागि खुला गरेका थिए। उपप्रधानमन्त्री कमल थापासहित केही मन्त्रीहरु पनि त्यहाँ आशीर्वाद लिन पुगेका थिए। राजतन्त्रको समर्थनमा नारा लगाउँदै, गणतन्त्रविरोधी प्लेकार्डहरु बोकेर पनि उनका समर्थक त्यहाँ पुगेका थिए। हालै कान्तिपुर एफएमबाट राजीनामा दिएर स्वतन्त्र पडकास्टमा संलग्न रहेकी सविना कार्कीले जन्मदिनकै अवसरमा ज्ञानेन्द्रसँग छोटो कुराकानी गरेकी छिन्। उनले इन्टरनेटमा आफ्नो च्यानल साब्सकास्टमा प्रसारण गरेको कुराकानी यस्तो छ -
आफ्नो जीवनमा फर्केर हेर्दा समग्रमा कस्तो रह्यो जस्तो लाग्छ ?

(हाँस्दै) राम्रै लागेको छ। जीवन भनेकै कुरा त्यस्तै हो। कहिले घाम लाग्छ कहिले पानी पर्छ। जीवनै त्यही हो। फूल पनि हो काँडा पनि हो । यी दुवैमा धैर्यसाथ जीउन जान्नु नै जीवन हो ।
हजुरका कति मिठा रचनाहरु हामीले सुनेका छौं । अहिले त्यस्तो केही छ कि छैन यहाँको कुनै लेटेस्ट रचना ?

छ, छ। नभा होइन।

हामी प्रतीक्षा गर्दैछौं, कहिलेसम्म आउने हामी आशा गर्नसक्छौं?

त्यो अब हेर्दै जाउँ। कुनै न कुनै दिन म फेरि निकालौंला ।
त्यो कुनै लाइन हामीसँग शेयर गर्न मिल्छ ?
अहिले म भन्दिन ।
हजुरबुबाभन्दा पहिले श्रीपेच पहिरिनुभएको तपाईंको जीवन वास्तवमै भन्नुपर्दा शोधकर्ता तथा इतिहासविदहरुको लागि अद्वितीय छ। तपाईंका हरेक कार्यले नेपालीहरुमा केही न केही अर्थ राख्दा एक राजालाई साधारण नागरिकको जीवन कस्तो लागिरहेको छ ?
हाँसो… । म त नेपाली भएर बाँच्न पाउँदा असाध्यै खुसी लागेको छ। राजा होस वा नहोस् त्यो अर्को कुरा भयो। त्यो पनि मैले चाहेर भएको होइन । दुई पटकै भएको होइन । त्यस्तै परिस्थितिले मलाई त्यस्तो जिम्मेवारी दिएको जस्तो लाग्छ। अहिले सर्वसाधारण भएर बाँचेको यो टाइममा नेपाली भएर बाँच्न केही अफ््टेरो भएको छैन मलाई । राम्रै लागेको छ । नेपालमा बाँच्नु नै मेरो लागि सौभाग्य जस्तो लाग्छ ।
फर्केर हेर्दा कुनै कुरामा ग्लानी छ यहाँलाई ?
त्यस्तो केही छैन मलाई।
एक जमातमा राजतन्त्र पुनरागमनको आश जागिरहेको छ । यो संभावना केस्तो देख्नुहुन्छ ?
त्यो मलाई सोध्ने होइन। तपाईंहरुले सर्वसाधरण जनतालाई सोध्नुपर्छ।
मठमन्दिर घुम्नु हुन्छ, पुजापाठमा पनि सक्रिय देखिनुभएको छ। कस्तो पनि कुरा आएको छ भने, हिन्दु धर्ममा राजतन्त्र प्रति आस्था राख्नेहरुलाई आफ्नो अनुकुल रुमल्लाई राख्ने रणनीति भन्नेहरुलाई के भन्नुहुन्छ ?
मलाई त्यस्तो लाग्दैन ।  हेर्नुस्, सबै धर्मको काम शान्ति ल्याउनु, शान्ति छाओस् भन्नु र देशमा अमन चयन होस् भनेर नै सबैले एउटा आस्थामा विश्वास गर्छन्। त्यही विश्वासले हामी अगाडि बढ्नुपर्छ।  अरु अर्थ लगाएर हिँड्नु हुन्न।
सक्रिय राजनीतिमा आउने संभावना छ कि छैन ?
त्यो पनि तपाईंले सर्वसाधरणलाई सोध्नुपर्छ  मलाई होइन ।
हिमानी ट्रष्टमा तपाईंको संरक्षण छ कि छैन ?
हिमानी ट्रष्टमा मेरो साँच्चिकै भन्दा संरक्षण छैन। संरक्षण भनेर मेरो श्रीमतिको छ। मेरो होइन। तर, आफ्नी बुहारीले गरेको काममा मेरो चासो नहुने त्यो अलि असाधारण नै हुन्छ ।
नाति नातिना के बनुन् जस्तो लाग्छ ?
सबैभन्दा पहिले नेपाली बनोस् जस्तो लाग्छ ।
कुनै नेपाली गीत जुन यहाँलाई अत्यन्तै मन पर्छ।
छैन, त्यस्तो म अहिले सम्झन्न ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv