Latest Updates :

बन्दले देशभरको जनजिवन प्रभावित, दुईवटा ट्याक्सीमा आगजनी..


SHARE THIS POST :
July 25, 2016


काठमाडौ । नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपा माओवादीको आह्वानमा आज नेपाल बन्दको आह्वान गरेको छ । बन्दले उपत्यका लगाएत देशभरको जनजिवन प्रभावित भएको छ । बन्दको प्रभावले विहानैदेखि उपत्यकामा यातायातका साधनहरु चलेका छैनन् । बन्दकर्ताको डरले शैक्षिकसंस्था,कलकारखाना बन्दको मारमा परेका छन । विहानैदेखि बन्दकर्ताको समुहले चोकचोकमा बसेर यातायातको साधन चल्न दिएका छैनन् । नेपालबन्दको प्रत्यक्ष प्रभाव विद्याथी, मजदुर र सर्वसाधरणमा परेको छ । सार्वजनिक यातायातका साधन चलेका छैनन् भने उपत्यकाबाट बाहिरि जिल्ला जाने लामो दुरीका सवारी साधन पनि सन्चालनमा नआएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै थानकोट , फपिङ लगायतका स्थानबाट काठमाण्डौ भित्रिने यातायातका साधनपनि बिहानै केहि आएपनि अहिले सन्चालनमा नभएको जनाएको छ ।

उपत्यकामा दुईवटा ट्याक्सीमा तोडफोड , ६४ जना माओवादी कार्यकर्ता पक्राउ

बन्दको अवज्ञा गरेको भन्दै विप्लब नेतृत्वको नेकपा माओवादीले एकाबिहानै उपत्यकामा दुई वटा ट्याक्सीमा तोडफोड र आगजनी गरेको छ । सामाखुसी र गोङगब जाने बाटोको बिचमा बा १ ज २८६ नम्बरको ट्याक्सीमा बिहान दुई बजेर २० मिनेटमा तोडफोड भएको छ । यस्तै नयाबानेश्वरको उकालो संसद भवन नजिकै पनि पौने ४ बजे बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी भएको प्रहरीले जनाएको छ । बानेश्वरमा ट्याक्सीमाथि आगजनि गरेको आशंकामा प्रहरीले दुई जना माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ ।यस्तै उपत्यकाबाट अहिलेसम्म बन्द गराउदै हिडेका ६४ जना माओवादी नेता कार्यकर्ता पक्राउ परेका छन् । जसमध्ये तीन जना ललितपुरबाट र अन्य काठमाण्डौका बिभिन्न स्थानबाट पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई बानेश्वर , गौशाला र महाराजगन्जका प्रहरी बृत्तहरुमा राखिएको जनाईएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv