Latest Updates :

बिदेशिएका पत्नीहरुको नेपालमा रमिता,यसरी डुब्दैछन् खाडीका‘लाहुरेहरु...


SHARE THIS POST :

संखुवासभा, मादी मूलखर्कका रत्नमणि अधिकारी पैसा कमाउने सपना बोकेर कतार हानिए। त्यहाँ खटेर कमाएको पैसा घरमा रहेकी श्रीमती निर्मलाका नाममा पठाइदिन्थे। त्यो पैसाले घर फर्किएर सुखका दिन काट्ने सपना थियो उनको।

गत वैशाखमा घर आइपुगेका रत्नमणिको त्यो सपना छिनभरमै टुट्यो। पैसा र गहना गरी पाँच लाख रुपैयाँभन्दा बढी कुम्ल्याएर निर्मला हिडिँछन्। त्यसपछि विक्षिप्त बनेका रत्नमणिले घर आएकै रात आत्महत्या गरे।

श्रीमतीले ढुकुटी खेलाएर १ करोड ५० लाख रुपैयाँ डुबाएपछि इटहरीका मधु राई पागलजस्तो भएका छन्। इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेपछि मधु दम्पती प्रहरी कार्यालय धाउँदै छ। आफूले थाहै नपाई श्रीमतीले गरेको खर्च तिर्न बाध्य छन् मधु।
कोरिया गएका मोरङ, बेलबारीका ज्ञानु कुँवरको सपना पनि श्रीमतीले नै चकनाचुर पारिदिइन्। ज्ञानुले कोरियाबाट करिब ६० लाख रुपैयाँ पठाएका थिए। घर आउँदा श्रीमतीको बास अर्कै युवासँग रहेको देखेपछि ज्ञानुको हंसले ठाउँ छोड्यो। उनी सीधै बेलबारी प्रहरी चौकी पुगे। र, उजुरी दिए। प्रहरीले दुवैलाई राखेर सोधपुछ गर्योु। प्रहरी कार्यालयमा श्रीमतीले ठाडै भनिन् ‘तैँले पठाएको पैसा तेरो सिन्दुर लगाएकै बेला खर्च भयो, कुनै हिसाब छैन, के गर्न सक्छस्?’ श्रीमानले रुँदै पत्रकार सम्मेलन गरेर आफूले कमाएको सम्पत्ति फिर्ताका लागि पहल गरिदिन गुहारे। तर, उनले न्याय पाएनन्।

पुरुषप्रधान भनिने नेपाली समाजका पुरुष पीडित भएका घटना हुन् यी। श्रीमतीले सम्पत्ति लिएर हिँडेपछि लोकलाजका डरले पुरुषहरू पीडा सहेर बस्न बाध्य छन्। दुई वर्षअघि सुर्खेतका आठ पुरुषले श्रीमतीबाट पीडित भएको भन्दै मेलमिलाप केन्द्र र आवाज नामक संस्थामा उजुरी दिएका थिए। गत वर्ष लमजुङमा ४० प्रतिशत पुरुष पीडित हुने गरेको तथ्यांक जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक गरेको थियो। जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा गत वर्ष पीडित पुरुषका ११ मुद्दा दर्ता भएका थिए। धरानको महिला सञ्जालले चार वर्षमा १ सय ५० घरझगडाका मुद्दा मिलाएको थियो। तीमध्ये २० वटामा पीडित पुरुष थिए।


पछिल्लो समय छोटोबाटोबाट पैसा कमाउन (ढुकुटी खेलाउने, मिटर ब्याजमा पैसा लगाउने आदि) चाहने श्रीमतीका कारण श्रीमान्हरू बढी पीडित हुने गरेको इलाका प्रहरी कार्यालय, धरानका डीएसपी सञ्जयसिंह थापा बताउँछन्। उनको अनुभवमा ढुकुटी खेल्ने र चक्रवर्ती ब्याजमा पैसा कारोबार गर्ने महिलाहरू सुरुमा श्रीमान्लाई थाहै नदिई यस्तो धन्दा गर्छन् र डुबेपछि श्रीमानले तिर्नुपर्ने गरेका घटना प्रहरीमा आउने गरेका छन्।
धरान महिला सञ्जालकी कोषाध्यक्ष शिला वज्राचार्यका अनुसार धरानका ५० प्रतिशत महिला चक्रवर्ती ब्याजको धन्दामा लागेका छन्। उनी भन्छिन्, ‘आफूले थाहै नपाई श्रीमतीले गरेको कारोबारको ऋण तिर्न नसकेर उठीबास भएका घटना पनि हामीले देखे–सुनेका छौँ।’

(शुक्रबार साप्ताहिकबाट साभार)

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv