Latest Updates :

ट्रकले स्कुटरलाई ठक्कर दिँदा ८ वर्षीय छोराको मृत्यु, बाबु आमा गम्भीर घाइते :.....


SHARE THIS POST :

साउन १२,
रुपन्देहीको भैरहवामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

ट्रकको ठक्करबाट ८ वर्षीय बालक रोहित खतिवडाको मृत्यु भएको हो । उक्त दुर्घटनामा परि बालकका आमाबुवा गम्भीर घाइते भएका छन् ।

मंगलबार बेलुका बुद्धचोकमा ना ६ ख २९१९ नम्बरको ट्रकले लु २१ प ८९३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भैरहवाका ३२ वर्षका बालकृष्ण खतिवडा र आमा २८ वर्षकी गंगा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घाइते दुवैको भैरहवामा उपचार भइरहेको जनाएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv