चीनमा भीषण बाढी, १ सय ८० बढीको मृत्यु,३ करोड प्रभावित..
एजेन्सी,२१ असार ।
चीनका विभिन्न प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण १ सय ८० भन्दा बढीको मृत्यु भएको छ । यान्ग्त्से नदीमा आएको बाढीले मध्य र दक्षिणी क्षेत्रका विभिन्न सात राज्यमा असर पसर्याएको छ । कम्तिमा ४५ जना हराइरहेका छन् भने ३ करोड ३० लाख मानिस प्रभावित भएका छन् ।
भारी वर्षाका कारण रेल्वे र यातायात सेवा समेत प्रभावित भएकोे छ । दक्षिणी र पश्चिमी चीनमा बुधबारसम्म भारी वर्षा हुने अनुमान गरिएको छ ।
Post a Comment