Latest Updates :

खानेपानीका कर्मचारीको पारिश्रमिक १२ माना मकै!..


SHARE THIS POST :


साउन १४ ,सोलुखुम्बु-
वर्षभरी काम गरेबापत अन्न दिने चलन धेरैजसो ठाउँबाट हट्दै जाँदा सोलुखुम्बुको सोताङ गाविसमा भने खानेपानी आयोजनाका कर्मचारीहरुलाई पारिश्रमिक स्वरुप अन्न (मकै) दिने गरिएको छ।  सोताङ–१, २ र ३ मा पानी वितरण गरिने खानेपानी आयोजनाका उपभोक्ताले कर्मचारीलाई प्रतिघरधुरी प्रतिवर्ष १२ मानाका दरले मकै उपलब्ध गराउने गरेका छन्।  बिहान र बेलुका गरी दुई÷दुई घण्टा धारामा पानी पठाउने, धारामा पानी नआए मर्मत गर्नेलगायत काम गर्न दुई जना कर्मचारी राखिएको छ। ३०० भन्दा बढी घरधुरी रहेको सो खानेपानी आयोजनामा हिउँदको समयमा एक दिनमात्र पानी बन्द भएमा गाउँमा पानीको हाहाकार मचिन्छ। त्यसैले कर्मचारीहरु सधैँ तयारी अवस्थामा बस्नुपर्छ।

‘एक दिन मात्र धारामा पानी बन्द भयो भने दुई घण्टा टाढादेखि पानी बोक्नुपर्ने बाध्यता छ। वर्षायाममा गाउँमा केही मुहान भए पनि हिउँदमा सबै सुक्छन्, धारामा पनि पानी कम आउँछ। एउटा धारामा आएको पानी ७ देखि १५ घरले प्रयोग गर्नुपर्छ। यसरी पानीको अभाव भएकाले हरेक घरबाट अन्न दिएर कर्मचारी राखिएको हो,’स्थानीयबासिन्दा गणेशबहादुर कार्कीले भने।  सोताङ गाविस कोसी पारीका गाविसमध्ये पानीका स्रोत कम भएको गाविसका रुपमा चिनिन्छ। तलबाट बग्ने हुँगा खोलाको पानी प्रयोग गर्न सकिदैन भने रोकखोलाको पानी पनि बाक्लो बस्तीसम्म ल्याउन सकिँदैन। त्यसैले सोताङ गाविसको वडा नम्बर १ देखि ३ सम्मको बाक्लो बस्तीमा पावै–७ को सिँगाने खोलाबाट पानी लगिएको छ।  विसं २०५२ देखि सञ्चालनमा आएको सो खानेपानी योजनाका दुई कर्मचारीलाई पारिश्रमिकको रुपमा प्रतिघर १२ माना मकै दिइँदै आएको सोताङ–३ का फणिन्द्रबहादुर कार्की बताउँछन्। दिनमा २ पटक धारामा पानी छाड्नुपर्छ, कतै समस्या नआएमा मर्मत पनि गर्नुपर्छ। यसैको लागि २ जना कर्मचारी राखिएको हो। रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv