Latest Updates :

यस कारण भयो रीताको हत्या चितवनको एक होटलमा ( हेर्नुहोस भिडियो सहित)


SHARE THIS POST :

चितवन, असार २९–
 तीन दिन अघि चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कलश होटलमा एक युवतीको हत्या गरी फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय चितवनले आज (बुधबार) सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा धादिङको गुम्दी गाविस–९ का २६ वर्षीय हेमबहादुर थापा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठको कमाण्डमा खटिएको प्रहरीले मंगलबार दिउँसो धादिङ निलकण्ठ नगरपालिका वडा नं.३ धादिङबेशीबीच बजारमा रहेको अधिकारी गेष्ट हाउस एण्ड लजमा लुकीछुपी बसेको अवस्थामा पक्राउ गरी राति चितवन ल्याइएको थियो । असार २६ गतेका दिन लमजुङ बाहुनडाँडा गाविस वडा नं.५ घर भई हाल चितवनको भरतपुर उपमहानगरपालिका–१६ मङ्गलपुर बस्ने २७ वर्षीया रिता भुजेललाई होटलमा हत्या गरि फरार भएका थापालाई सिसिटिभी फुटेजको सहायताम पक्राउ गर्न सफल भएको चितवन प्रहरीले जनाएको छ । उनलाई कर्तव्य ज्यान मुद्धा अन्तरगत मुद्धा दायरगरि अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक (एसपी) बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । “हामीलाई सिसिटिभीबाट धेरै कुरा पत्ता लगाउन सहज बन्यो, समयमै अभियुक्त पक्राउ गर्न हामी सफल भएका छौं”–एसपी थापाले भन्नुभयो । उहाँले आजै चितवन जिल्ला अदालतबाट अनुमती लिई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको जानकारी दिनुभयो । यसकारण भयो रीताको हत्या धादिङको गुम्दी गाविस–९ का २६ वर्षीय हेमबहादुर थापा असार २५ गते नै चितवन आईपुगेका थिए । उनले दिउँसो नारायणगढ बसपार्कमा रहेको कलश होटलमा २०१ नम्बर कोठा बुक गरे । सो दिन उनले एउटी केटी होटलमा ल्याई राखे । सोही दिन नै सो केटीलाई उनले पठाई दिए । त्यसको अर्को दिन असार २६ गते दिउँसो १२ बजेर १० मिनेटको समयमा रीता भुजेललाई सोही बुक गरेको कोठामा लगे । सो दिन उनले रातो कपडा लगाएका थिए । सुरुमा उनीहरुबीच राम्रो बोलचाल पनि भयो । तर दिउँसोको समयमा उनीहरुबीच केही ठकराब पर्यो । विगतमा चिनजान पछि हेमबहादुरले रीतालाई एक लाख रुपैयाँ दिएका थिए । त्यो संगै एउटा ट्याब पनि हेमबहादुर उनलाई दिएका थिए । पछि सम्बन्ध बिग्रिएपछि उनले सो दिन त्यो सबै पैसा र ट्याब फिर्ता मागे तर रीताले दिन अस्वीकार गरिन् । हेमबहादुर सम्बन्ध चिसिएपछि नै विरक्तिएका थिए । उनी चितवन आउँदा बखत नै मुसा मार्ने औषधि बोकेर आएका थिए । सो दिन उनले त्यो औषधि खाने निधो गरे । तर रीताले खान दिइनन् । उनी बाथरुम छिरेपछि रिता औषधि खाएर ढलि सकेकी थिइन् । त्यसपछि उनले रातीको सलले नै घाटी अठ्यार हत्या गरिदिए । त्यो करिव साँढे ३ बजेको घटना थियो । त्यसपछि उनी अत्तालिदै बाहिरिएको सिसि टिभी फुटेजमा देखिन्छ । उनी त्यहाँबाट भाग्दै राती नै धादिङ पुगेका थिए । हेमबहादुर रातीसम्म पनि नफर्किएपछि होटल संचालक कोठामा हेर्न जाँदा रीता मृत अवस्थामा थिए । राती १० बजे नै होटलले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv