Latest Updates :

आईएसका बरिष्ठ सैनिक कमाण्डर अमेरिकी कारवाहीमा मारिए,


SHARE THIS POST :

काठमाडौं, असार ३० ।
इस्लामिक अतिवादी संगठन आईएसका बरिष्ठ सैनिक कमाण्डर शिशानी अमेरिकी हमलामा मारिएका छन् ।

इराकको शिरकत शहरमा अमेरिकी सेनाले गरेको हमलामा उनी मारिएको पुष्टी आइएसले गरेको छ ।

अबु बक्र अल बगदादीका निकट मानिने तरखान बतिराश्विली नामका शिशानीको मृत्युले आइएसलाई ठूलो धक्का लागेको छ ।

अमेरिका र रुसबीचको लडाइका सशक्त भूमिका निर्वाह गरेका शिशानीलाई अमेरिकी रक्षा मन्त्रालयले यसअघी युद्ध मन्त्रीको उपमा दिएको थियो ।

आइएसका आवद्ध भएपछि अमेरिकाले शिशानीलाई मोस्ट वान्टेडको सूचीमा राखी ५० लाख अमेरिकी डलरको इनाम घोषणा गरेको थियो ।

सिरियामा भएको अमेरिकी हमलामा मारिएको अमेरिकी दाबीलाई अस्वीकार गर्दै आएको आइएसले उनी इराकी हमलामा मारिएको पुष्टी गरेको हो ।

इराकको मोसुल शहर नियन्त्रण मुक्तीका लागि भएको अमेरिकी हमलामा उनी मारिएको दाबी आइएसको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv