Latest Updates :

नेपालमा जिउँदै मान्छे मार्ने अस्पतालहरु कुन कुन हुन् ? थाहा पाईराखौ..


SHARE THIS POST :

दुर्गम रसुवाको सदरमुकाम धुन्चेमा करिब ३५ वर्ष अघि शिक्षकको रुपमा जानु भएका बद्रिनिधी घिमिरे सरले लामो समय शिक्षासेवा गर्नुभयो, त्यसपछि पर्यटकिय सम्भाव्यता बुझेका कारण होटल व्यवसायमा पनि सफल हुनुभयो।
गत वर्ष उहाँ बिमारी पर्नुभएपछि काठमाडौंको बि एण्ड बि अस्पतालमा भर्ना गरियो। अस्पताल भर्ना पश्चात उहाँको स्वास्थ्यमा क्रमिक सुधार त देखियो तर सम्पूर्ण रक्त परिक्षणको रिपोर्टमा “ब्लड क्यान्सर” जनाउ गरियो।

रक्त परिक्षणमा देखिएको उक्त दुखद रिपोर्टले परिवार नै मर्माहत बनें। चिनेजानेका सबैले घोर दुखमनाऊ गरे। बाहिरबाट शारिरीक अवस्था तन्दुरुस्त देखिन थालेता पनि दुषित रगतले कति दिन जीवनलीला चल्ला भनेर उहाँ निराश देखिन थाल्नुभो।

नश्वर देह अजम्बरी कोही छैन भनेर उहाँले आफुलाई र परिवारलाई सम्हाल्नु भयो। दैबको लिला लेखिएको टर्दैन भन्दै बाँकी जिवन दान धर्म पुण्यादी गर्दै व्यतित गर्ने मनसायले मठ-मन्दिरमा दान गरेर मनको शान्ति गर्नु भयो।

यसै क्रममा उहाँले पशुपतीनाथ गएर सम्पूर्ण बस्त्र बिधीवत परिवर्तन गरी साधुवस्त्र ग्रहण गर्नुभयो। सात्विक भोजन मात्र गर्न थाल्नुभयो। यसरी ५-६ महिना व्यतित गरेपश्चात त उहाँमा झन चमक आउन थाल्यो।

एकदिन उहाँले पुरानै डाक्टरलाई बि एण्ड बि अस्पताल गएर आफुलाई शारिरीक अशक्तता महसुस नभएको बृतान्त सुनाए। डाक्टरले तुरुन्तै पुन: रक्त परिक्षण गर्न लगाए। रगतमा क्यान्सरको कुनै संकेत नभएको देखिएपछि डाक्टरले सम्पूर्ण पुरानो रिपोर्ट खोलेर हेर्दा ब्लड ग्रुप समेत अर्कै रहेको कुनै दोश्रो व्यक्तिको रिपोर्ट भूलबस उहाँकोमा पर्न गएको भनि स्पष्टिकरण दिइयो।

अस्पताल स्तब्ध बन्यो। डाक्टर हात जोडेर माफी माग्न थाल्यो। क्रोधलाई सिर्जित हर्षले लेप लगाउँदै उहाँलाई जीवनभर नै उक्त अस्पतालमा निःशुल्क सेवा प्रदान गर्ने शर्तमा केस मिलाइयो।

कल्पनामा पनि नचिताएको घटना जब वास्तविकतामा नै घट्दछ तब हामी आश्चर्यचकित हुन्छौं। यस्ता आश्चार्यजनक घटना सुखद र सकारात्मक भए त राम्रै हो, तर दुखद पर्यो भने पिडित पक्षको हालत के होला ?

अझ त्यस्ता घटना कसैको हेलचक्र्याईको कारण घट्न पुग्यो भने त्यसको क्षतिपूर्ति नेपाल जस्तो देशमा कसरी हुन सक्ला ? बद्रीनिधी सर एउटा प्रतिनिधी पात्र मात्र हुनसक्छ।

यस्ता हेलचक्र्याईको शिकार दिनहुँ बिरामीहरु हुने गरेका कयौं उदाहरणहरु छन्। कहिले अस्पताल परिसरमा नाराबाजी, कहिले अस्पताल भित्र तोडफोड आदी घटनाहरु त्यसै घटेका होइनन्। पेट मारेरै भएपनि परिवारका सदस्यको उपचार गर्नुपर्दा मानिस महंगो भएतापनि छिटो र राम्रो उपचारको खोजीमा हुन्छन्। सरकारी सस्तो अस्पतालमा भन्दा प्राइभेटमा सरल र सघन उपचार हुने अपेक्षामा महंगो तिर्न राजी हुन्छन्। तर ति निजी अस्पतालहरु भने हामीले सोचे जस्तो पटक्कै छैन।

गत महिना मैले करिब २०-२५ दिन काठमाडौंको नाम चलेको ओम हस्पिटलमा बिताउँदा ३ ओटा यस्ता घटनाको सामना गरें। मेरो हजुरबुवा मोहन बहादुर थापालाई निमोनिया भएकोले ओम हस्पिटलमा आवश्यक परिक्षणहरु गरियो। औषधी पनि लेखिदिए। पछि घर फर्कने बेला कागजात राख्न खोज्दा झ्वाट्ट लामिछाने भन्ने थर देखें। तत्कालै पुरै निकालेर हेर्दा मनबहादुर लामिछानेको रिपोर्ट पो टाँसिएको पाइयो।

पछि डाक्टरलाई गुनासो पोख्दा “मोहनबहादुर र मनबहादुर उस्तै उस्तै देखिएकोले झुक्किएको होला” भन्दै मानवीय गल्तिको आधारमा सफाई लिए।

ओम हस्पिटल कै अर्को घटना यस्तो थियो; हामी आईसियुको बाहिर करिब १४-१५ जना बिरामीको आफन्तजनहरु झुण्ड झुण्डमा बसिरहेका हुन्थ्यौं। हरेक दिनजसो रुवाबासी देख्नु दैनिकी जस्तै भैसकेको थियो। सुधार भए भित्रैबाट जेनेरल वार्डमा लैजान्थ्यो नभए हाम्रै अगाडीबाट लास निस्कन्थ्यो। त्यस्तै एकदिन ग्रुप फोरको सेक्यूरिटी गार्डले चिच्याए; “लौ ३ नं.को बिरामीको मान्छेहरु बिरामी बुझ्न आउनुस् रे, बित्यो रे…!”

बाहिर रुवाबासी मच्चियो, तत्कालै कोहि लिन गएनन्। रुने र सम्हाल्ने बाहिरै अल्मिलियो। बिस्तारै भित्र जाने तरखर गर्दै थिए, त्यत्तिकैमा पुन: उक्त गार्ड करायो; “३ नं. होइन रे २ नं. को हो रे !” लौ मार्यो। अब फेरी अर्को समुहमा रुवाबासी चल्न थाल्यो। पहिले रुनेहरु उठेर गार्डलाई पिट्न तम्सिए, घम्साघम्सी नै पर्यो। भित्र नर्सहरु भागाभाग।

हामी २-४ जना मिलेर सम्हाल्यौं। यस्तो अवस्थामा आक्रोशित र मर्माहत पिडित पक्षले अस्पतालमा तोडफोड गर्यो भने न्याय निसाफ के हुने ?

अर्को घटनामा मेरो स्व.हजुरआमालाई लगाएको स्लाईन जाने सुई रोपेपछि भित्र बस्ने कडा प्लास्टिकको पाईप नै निकाल्ने बेला नभेटिएपछि ठुलै रडाको मच्चियो। अस्पतालको प्रसासकिय प्रमुखको कक्षमा नै वार्डको नर्स र डाक्टरलाई स्पष्टिकरण लिइयो।

पछि डाक्टर आफैले गार्बेजबाट दोब्रिएको अवस्थामा उक्त पाइप ल्याएपछि हामीले मन बुझायौं, आखिरमा स्लाईन त नसामा होइन हात अड्याउन राखेको तकियामा पो गएर भिजिराखेको रहेछ। नेपालका अस्पतालको हेलचक्रयाईको फहरिस्ते धरै लामो बन्नसक्छ।

समयसमयमा छापाहरुमा बिरामीका आफन्तले अस्पताल तोडफोड गरेको घटनाहरु सुन्नमा आउँछन्। वास्तवमा पिडित पक्षले अस्पतालको लापर्वाही महसुस गरेर नै आक्रोशित भएका हुँदा रहेछन्।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv