अखबर पाना,,,,इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र स्थानको रुपमा लिइने साउदी अरेबियाको मदिनामा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटनमा चारजना सुरक्षा अधिकारी मारिएका छन् । मदिनामा रहेको पैगम्बर मुहम्मदको मस्जिद नजिक आत्मघाती आक्रमणकारीले आफूलाई विस्फोट गराएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मस्जिद नजिक रहेको सुरक्षा मुख्यालय आक्रमणको निशाना बनेको बताइएको छ । विस्फोटनमा अन्य पाँच जना घाइते भएको साउदी अरेबियाको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । इस्लाम धर्ममा मदिना मक्कापछिको दोस्रो पवित्र शहर हो । आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन
साउदी अरेबिया को मदिनामा आत्मा घाती बम बिस्पोट>>>चार सुरक्षा अधिकारीको मृत्यु

Post a Comment