Latest Updates :

ट्रकको चक्कामा परेर मोटरसाइकलमा सवार एक महिलाको मृत्यु...


SHARE THIS POST :

चितवन, असार २६ ।
 नारायणगढ–मुग्लिन सडकखण्डको कविलास गाउँ विकास समिति वडा नम्बर २ सिमलतालमा अाइतबार बिहान ट्रकको चक्कामा परेर मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।

ट्रकलाई उछिन्ने क्रममा अगाडिबाट माइक्रोबस आएपछि एक्कासि ब्रेक लगाउँदा मोटरसाइकल पछाडि बसेकी महिला उछिट्टिएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा गोरखा जिल्ला केरौजी गाविस–५ की २४ वर्षीया लालमायाँ गुरुङ रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढतर्फ आउँदै गरेको ना४ख ८२४५ नम्बरको ट्रकमा सोही दिशातर्फबाट आउँदै गरेको बा६८प १२१८ नम्बरको मोटरसाइकलले उछिन्ने क्रममा महिला उछिट्टिएर ट्रकको पछाडिको चक्कामुनि परेर मृत्यु भएको हो। मोटरसाइकल चालक सकुशल रहेका छन् भने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv