Latest Updates :

मुस्लिम धर्मावलम्बीहरुले इद पर्व मनाउँदै..


SHARE THIS POST :

विराटनगर, २३ असार ।
मुस्लिम धर्मावलम्बीले आज इद–उलफितर पर्व उत्साहका साथ मनाइरहेका छन् ।  रमजानको एक महिनाको अवधि पूरा भएको रात्रिमा चन्द्रमाको अवलोकन गरेको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । यस पर्वको अवसरमा आज बिहानदेखि मोरङ, सुनसरीलगायत जिल्लामा मुस्लिम धर्मावलम्बीले बिहानैदेखि मस्जिद वा इदगाहमा पुगेर पर्वको शुभारम्भ गरेका छन् ।  सो अवसरमा बिहान नयाँ वस्त्र धारण गरेर मस्जिद वा इदगाहमा पुगेर अल्लाहलाई नमाज अदा गरी एकापसमा गला मिलाएर शुभकामना आदान–प्रदान गरिरहेका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv