Latest Updates :

OMG सिन्धुपाल्चोकको भोटेकोशी नदिमा बाढी:तिब्बतमा हिमताल फुटे..


SHARE THIS POST :

सिन्धुपाल्चोकको भोटेकोशी नदिमा बाढी:
तिब्बतमा हिमताल फुटेको शंका वर्षा नै नभई भोटेकोसीमा मंगलबार राति अचानक बाढी आएपछि तिब्बततर्फ ठूलो वर्षा भएर पहिरो गएको तथा हिमताल विस्फोट भएको हुन सक्ने अनुमान विज्ञले गरेका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ। तिब्बतमा ठूलो वर्षा भएइर पहिरो गएका कारण खोला थुनिएर बाढी आएको अनुमान पनि केही विज्ञको छ। तिब्बततर्फ भएका आठ हिमतालमध्ये कुनै फुटेका कारण बाढी आएको अनुमानका आधारमा अध्ययन पनि भइरहेको छ।

जलवायु तथा मौसमविज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान शाखाले भोटेकोसीमा पानीको सतह बढेको पूर्वसूचना मंगलबार दिएको थियो। अहिले विभाग, इसिमोड तथा गृह मन्त्रालयसहित सरोकारबाला निकायका अधिकारीले बाढीको कारण खोजिरहेका छन्। नेपालको आफ्नै भूउपप्रह नभएका कारण उनीहरुले बाढीको कारण खोज्न भारत, चीन र जापानको सहयोग लिइरहेका छन्। उनीहरुले उपलब्ध गराउने तस्वीरका आधारमा मात्रै बाढीको कारण पत्ता लाग्ने बाढीविद् विनोद पराजुलीले बताए। शेयर गर्नुहोस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv