Latest Updates :

चितवनमा दुई बस ठोक्किँदा नौ घाइते


SHARE THIS POST :

साउन २५, चितवन –
 पूर्वी चितवनको राप्ती नगरपालिका–९ खुरखुरेमा सोमबार दुई बस ठोक्किँदा नौ यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीको खुरखुरेमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १ क ५२२७ नम्बरको डेजी स्कुलको बसले सोही दिशातर्फ आउँदै गरेको ना ५ ख १९७६ नम्बरको बसलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । सोमबार साँझ भएको दुर्घटनामा घाइते भएका यात्रुको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएका गाडीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv