Latest Updates :

प्रचण्ड सरकारलाई पनि नाकाबन्दीको संकेत : पम्पमा फेरि तेलको लाइन उस्तै


SHARE THIS POST :

२५ साउन, काठमडौं ।
 उपभोक्ताले सवारीसाधनमा तेल भर्न लाइन लाग्नुपर्ने वाध्यता अहिले पनि हटेको छैन । निजी पम्पहरु साँझ परेपछि मात्रै खुल्न थालेपछि सरकारी पम्पमा लाइन बढेको हो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं साझा सहकारीबाट सञ्चालित पम्पमा अहिले पनि तेल भर्ने सवारीसाधनको लाइन हुने गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

दिउँसोको समयमा निजी पम्पले तेल नवाँड्दा उपभोक्ताले सास्ती खेप्नु परेको हो ।

निगमको थानकोट डिपोबाट दिउँसो अबेर मात्रै तेल पाउने भएकाले साँझ मात्रै वितरण गर्नुपरेको व्यवसायीले बताएका छन् ।
उपत्यकामा मागअनुसार नै तेल वितरण गरिएको आयल निगमका थानकोट डिपो प्रमुख नेत्र काफ्लेले बताए । उनले सामान्य अवस्थामा भन्दा धेरै तेल वितरण गरिएको जनाए ।

उपत्यकाका पम्पलाई ढिला गरी इन्धन दिँदा समस्या आएको उनले स्विकारेका छन् । उपत्यकाका पम्पले दिउँसो दुई बजेदेखि तेल पाउने र अनलोड गरी वितरण गर्दा साँझ पर्ने गरेको व्यवसायीको भनाइ छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv