Latest Updates :

सुर्खेतमा बस दुर्घटना, ४० घाइते, ४ गम्भीर


SHARE THIS POST :


२७ साउन, सुर्खेत । सुर्खेतको कटकुवास्थित धर्मशाला नजिकै यात्रु बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

घाइतेहरुको मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।

लेखगाउँबाट बिरेन्द्रनगरतर्फ आइरहेको ना ४ ख ५५६६ नम्बरको बस ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट किरब ११ मिटर तल खसेर सालको रुखमा अड्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी बहादुरजंग मल्लले जानकारी दिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv