Latest Updates :

प्रधानमन्त्रीज्यू, मेरो छोराको कि लास देऊ कि सास (भिडियोसहित) -


SHARE THIS POST :

काठमाडौं, २५ साउन । माओवादी सशस्त्र युद्ध अन्त्य भई मुलुक शान्ति प्रक्रियामा आएको १० वर्ष पुगिसकेको अवस्थामा अहिले युद्धले दिएको पीडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सार्वजनिक कार्यक्रममा घेरिन थालेका छन् ।

२०६० साल मंसिरमा काठमाडौंको चावहिलबाट सेनाले लिएर गएको आफ्नो छोरा लीलाराज आचार्यको अवस्थाबारे जानकारी लिन भन्दै उदयपुरको गाइघाट बोक्सेकी लक्षुमाया आचार्यले प्रधानमन्त्री प्रचण्डलाई सार्वजनिक कार्यक्रममा पच्छ्याएकी छिन् ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा आचार्यले प्रधानमन्त्री प्रचण्डलाई भेटेर छोराको जानकारी लिन चाहिन् । तर, कार्यक्रम सकिएपछि प्रचण्ड बाहिरिए । वृद्धा अवस्थाकी आचार्यले प्रधानमन्त्रीलाई पच्छ्याउँदै गइन् । प्रधानमन्त्री प्रचण्ड आफ्नो सवारी साधन नजिकै पुग्ने क्रममा आचार्यले पच्छ्याएको चाल पाएपछि फर्किए र भने, ‘म तपाईंलाई बोलाएर कुरा गर्छु ।’

निकै आत्तिएको पीडा मिश्रित्र स्वरमा ती वृद्धाले प्रधानमन्त्रीसँग विभिन्न जिज्ञासा राखिरहिन् । तर, प्रधानमन्त्री प्रचण्डले ती वृद्धाको सबै सवालको जवाफ नदिई अगाडि बढे ।

ती वृद्धा आचार्यले यसअघि पनि प्रचण्डलाई भेटेर जानकारी लिने प्रयास गरेकी थिइन् । तर, सफल हुन नसकेपछि उनी सार्वजनिक कार्यक्रममा आएकी हुन् ।

वृद्धाको छोरा वेदराज आचार्यका अनुसार लीलाराजलाई चावहिलबाट लिएर सेनाले भैरवनाथ गणमा राखेको बताए । द्वन्द्वकालमा भैरवनाथमा राखेका ४९ जनाको हत्या हुँदा लीलाराज पनि मारिएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको वेदराजले बताए ।

आचार्य परिवारबाट प्रधानमन्त्री प्रचण्डलाई पच्छ्याउनु पर्ने अवस्था आउनु दुःखद् हो । यो एक प्रतिनिधि घण्टा मात्रै हो । आफ्नो छोराको हत्यारालाई कारबाही गर्नुपर्ने माग राखेर चार वर्ष देखि गोरखा फुजेलकी गंगामाया अधिकारी वीर अस्पतालमा अनशनरत छिन् । छोराको हत्यारामाथि कारबाहीको माग राखेर गंगामायाको पति नन्दप्रसाद अधिकारीको पनि अनशन अवस्था मै मृत्यु भएको थियो । हाल उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv