फेसबुकको प्रेमले पतिलाई छाड्ने यी महिला, होटेलमा प्रेमीसँग मस्ती
भारतको नासिकस्थित चंपावत जिल्लामा फेसबुकमा अर्कै युवकसँग मायाप्रेम भएपछि विवाहित महिला सुनका गरगहना र नगद लिएर फरार भएको रहस्य बाहिर आएको छ ।
आफ्ना व्यापारी पतिलाई छाडेर बहुमूल्य सुनका गरगहना लिएर गएकी ती महिला र उनका प्रेमीलाई प्रहरीले पक्राउ गरी कारबाही अगी बढाएको छ ।
विवाहित महिलाले ती युवकसँग बेलाबेलामा होटेलमा गएर यौनसम्पर्क गर्ने गरेको समाचारमा जनाइएको छ । लोहाघाट विकास खण्डको चमदेवल निवासी सीएस धौनीसँग ती महिलाको फेसबुकमार्फत प्रेम भएको थियो ।
फेसबुकको मायाप्रेम यति धेरै गहिराइमा पुग्यो कि ती महिलाले आफ्ना पतिलाई छाडेर युवकसँग विवाह गर्ने अवस्थामा पुगिन् ।
आफ्नी पत्नी नगद र सुनका गरगहना लिएर अर्कै युवकसँग फरार भएपछि पीडित पति र आफन्तले प्रहरीमा उजुरी दिएका थिए । लगत्तै प्रहरीले दुबैलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।
२५ वर्षीया महिलाका विवाह तीन वर्ष पहिला नासिकका एक व्यापारीसँग भएको थियो । ती विवाहित महिलाले केही समय अघि लोहाघाटका चमदेवल निवासी युवकसँग फेसबुकमा साथी बनाएकी थिइन् ।
ती युवक दिल्लीस्थित होटलमा काम गर्छन् । युवक र विवाहित महिला १० जुलाईमा भागेको समाचारमा उल्लेख छ । नासिक पुलिसले महिलाको मोबाइलको कल रिकार्डका आधामरा चंपावतबाट नियन्त्रणमा लिएको थियो ।
– एजेन्सीको सहयोगमा
Post a Comment