Latest Updates :

आखिर बाख्राले रक्सी पिएर नशामा टिल्ल भएपछि यस्तो …


SHARE THIS POST :

२०७३ भदौ ६ सोमबार
एजेन्सी । मान्छेले रक्सी पिएर विभिन्न असमाजिक हर्कत गर्ने गरेको घटना त प्रशस्तै घटिरहन्छन् ।

तर बाखाहरु नै रक्सीले टिल्ल भएर हिडेको कतै सुन्नु भएको छ ? यस्तै भएको छ भारतको मेहसाणा जिल्लाको खेरालू शहरमा । त्यहाँ केही बाख्राहरुले रक्सी पिएर टिल्ल हुँदै बाहिर निस्किएका हुन् ।

घटना पनि अचम्मको छ । प्रहरी गाउँ पस्यो । गाउँबाट जफत गरेको रक्सी एउटा खुला मैदानमा नष्ट गरे प्रहरीले । मैदानमा त नदीको पोखरी नै बनेछ । एक प्रहरी निरिक्षकले भने, ‘एक स्थानीयको बाख्राले उक्त रक्सी पिएछन् ।

ती बाख्राहरु नशामा लठ्ठ भएछन् ।’ उनले बाख्राले रक्सी रक्सी स्वादिलो मानेर पिएको हुनसक्ने बताए । केही बाख्रा त धेरै रक्सी पिएर बेहोस् नै भएका थिए । बाख्राहरु कोही नशामा छन् ।

कोही ढलेका छन् । स्थानीय अचम्ममा परेका थिए । घटनाको १२–१४ घन्टापछि सबै बाख्रालाई होस आएको बताइएको छ ।

बाख्रालाई रक्सीको नशाबाट ब्यूँताउन दही, दूध खुवाइएको थियो । बाख्राले केही हंगामा नगरुन् भनेर बाँधिएको थियो ।

एजेन्सीको सहयोगमा



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv