समुन्द्र राज घिमिरे/सेतोपाटि/भदौ ४, काठमाडौं । चिकित्सा शिक्षामा व्याप्त भ्रष्टाचार अन्त्य माग गर्दै आठौंपटक अनसन बस्दा डा. गोविन्द केसी र सरकारबीच अनसनको १५ औं दिनमा चार बुँदे सम्झौता भएको थियो। सम्झौता भएपछि १६ औं दिनमा अनसन तोडेको एक महिना बित्न आँटिसक्यो। तर, सरकारले सम्झौता कार्यान्वयन गर्ने छाँटकाँट देखाएको छैन। सम्झौता कार्यान्वयनको छनक नदेखिएपछि शनिबार डा. केसी दोस्रोपटक सडकमा ओर्लिए । ‘सोलाडिरिटी फर डा. गोविन्द केसी अलायन्स’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासनजिकै गरेको र्यालीमा सयौं संख्यामा मेडिकल शिक्षाका विद्यार्थी, प्राध्यापक, लेखक, समाजशास्त्रीलगायतको उपस्थिति थियो । अधिकांशको विरोधशैली प्लेकार्ड तथा नारा भए पनि कसैले गीत त कसैले कवितामार्फत् पनि डा. केसीको माग पूरा गर्न तथा सम्झौता कार्यान्वयन गर्न दबाब दिएका थिए ।

‘हामीले डा. केसीको मागको सुनुवाइ हुनुपर्छ भन्दै बानेश्वरमा यसअघि शरीरमा उहाँले उठाउँदै आएको माग लेखेर प्रस्तुति दिएका थियौं,’ कलाकार हितमान गुरुङले सेतोपाटीसँग भने, ‘त्यसबेला सहभागीसँग हामी जोडिएका थिएनौं। यसपटक भने डा. केसीको मागका लागि मात्र सहभागीलाई खुल्ला छोड्यौं। यो एकखाले अन्तरक्रियात्मक प्रस्तुति हो।’ चर्को घाममा दुई घन्टाभन्दा लामो समय धुमधुम्ती बसेर त्यसो गर्नुको अर्थ के त? कलाकार गुरुङले उल्टै प्रतिप्रश्न गरे, ‘शिक्षा, स्वास्थ्यजस्तो आधारभूत सेवाका लागि एउटा नागरिक कतिपटक लड्नुपर्ने?’ राजनीतिक तथा सामाजिक क्षेत्रमा ठिक या बेठिक के भइरहेको छ? उनीहरू सचेत छन्। त्यसलाई कलाको माध्यमबाट जनतासम्म पुर्याउनु आफ्नो दायित्व हो भन्ने ठान्छन्। आठौंपटक अनसन बसेर १५ औं दिनमा सरकार र डा. केसीबीच जुन सम्झौता भयो, त्यो कार्यान्वयन नहुने संकेत देखेपछि उनीहरूलाई चुप बस्न ठिक लागेन। सरकार किन मौन छ?
सरकारको यो मौनता देशका लागि घातक हुने उनीहरूको निष्कर्ष थियो। शनिबार बालुवाटारमा र्याली हुने थाहा पाएपछि यी पाँच युवा कलाकारसहित आट्र्रीकी संस्थापकमध्येकी एक शिलाषा राजभण्डारीलगायतको समूहले विरोधको शैलीबारे अवधारणा बनाउन थाल्यो। उनीहरूले सोचे, पहिलेकै प्रस्तुतिकै निरन्तरतास्वरुप ‘मौनताको संस्कृति’कै विरोध आवश्यक छ। किनकि, सरकार मौन छ। उनीहरूले त्यही खाका कोरे, जुन बालुवाटारमा शनिबार प्रस्तुत गरियो। ‘यो एकदमै दुःखदायी परिस्थिति हो,’ उनले भने, ‘जुन कुरा देशलाई अति आवश्यक छ, त्यो माग राखेर डा. केसी कतिपटक अनसन बस्नुपर्ने? भइसकेको सम्झौता किन कार्यान्वयन हुँदैन? शारीरिक तथा मानसिक दुबै रुपमा जनता एकदमै ‘पेनफुल सिचुएसन’ मा पुगिसकेका छन्।’
पर्फमेन्स आर्टको विशेषता यही हो, हेर्दा सबै दर्शकले उही तरिकाले बुझ्दैनन्। किनकि, यो अमूर्त शैलीको हुन्छ। उनका भकारनाइमा, कलाले प्रस्तुति दिइसकेपछि ‘यसो हो/यसो होइन’ दाबी गर्ने अधिकार पनि रहँदैन। शनिबार उनीहरूको प्रस्तुति पनि त्यस्तै किसिमको थियो। ‘दर्शकले के बुझ्नुभयो भन्नेले नै अर्थ राख्छ, हामीले यसो गर्यौं भन्नेमा होइन,’ उनले प्रस्तुतिबारे स्पष्ट पारे, ‘हाम्रो अनुहारदेखि सेतो ब्यान्डेज बाँधियो र दुई घन्टापछि खुट्टादेखि खोलियो। मान्छेको चिनारी भनेको अनुहार हो। अनुहारदेखि छोपिँदै जानुको अर्थ अस्तित्व हराउँदै जानु हो। खुट्टासम्म छोपिँदा उसलाई कसैले चिन्दैन। खुट्टादेखि खोल्दै जाँदा उसको अस्तित्व विस्तारै खुल्दै जान्छ। एउटा नागरिकको जायज मागलाई सरकारले बेवास्ता गर्नु भनेको उसको अस्तित्वलाई अस्वीकार गर्नु हो।’ पूरै शरीर ब्यान्डेजले छोपिँदा दुर्घटनाग्रस्त बिरामी वा मृत शरीरजस्तो झल्को दिन्छ। यसको अर्थ यही हो? सुरूमा त उनी हाँसे।
‘त्यही त, सबैको बुझाइ फरक-फरक हुन पनि सक्छ, एकै हुन पनि सक्छ,’ उनले भने, ‘सबैको बुझाइ एकै त पक्कै नहोला। कतिले सेतो ब्यान्डेजलाई ‘कात्रो’ पनि बुझ्न सक्लान्। या गम्भीर घाइतेलाई बाँधिएको ब्यान्डेज पनि बुझ्न सक्लान्। हामीले भन्दाचाहिँ, यो जीवन र मृत्युबीचको अवस्था हो।’ यसले पनि आधारभूत अधिकार माग गरिरहेका जनताको अवस्थालाई बुझाउँदो रहेछ। दुई घन्टासम्म एकै आसनमा बस्दा के महसुस भयो त उनीहरूलाई? उनीहरूलाई लाग्दो रहेछ, डा. केसी आफ्नो ज्यानको पर्वाह नगरी सम्पूर्ण जनताको अधिकारका लागि लडिरहेका छन् भने दुई घन्टा नचली बस्नु जति नै कठोर होस्, त्यति त दायित्व हो। ‘हामीले यति दुःख त खप्नै पर्यो नि,’ हितमानले भने।
त्यो दुई घन्टामा सबैले फरक-फरक महसुस गरे होलान्। चर्को घाम, चिलाउँदा पनि कन्याउन नमिल्ने, शरीर झमझमाउने, एकैछिनमा ठिक हुने, फेरि झमझमाउने, अति दुख्ने, दुख्दादुख्दै कहाँ दुखेको पनि थाहा नहुनेजस्ता संवेदना सबैसँग मिल्ने गुरुङको बुझाइ छ। ‘मलाई चाहिँ के भयो भने मन न हो, अति दुखेपछि बेला-बेला छाडेर हिँडौं कि जस्तो हुन्थो। तर, मनमा मौनताको संस्कृतिजस्तो घातक पक्षको विरोध गर्नैपर्छ भन्ने अठोट बलियो भएर आउँथ्यो। आफ्नो मन र शरीरलाई बुझ्न पाउने अवसर पनि हो यो,’ उनले भने।
Post a Comment