Latest Updates :

मानव तस्करमा पूर्वसभासद र जनजाति महासंघका उपाध्यक्ष तानिए


SHARE THIS POST :

भदौ ५, काठमाडौं ।
पूर्वसभासद तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा र वर्तमान उपाध्यक्ष डन्डु शेर्पा अवैध मानव ओसारपसारमा तानिएका छन् । उनीहरूले सांस्कृतिक कार्यक्रमको आवरणमा तीन करोड ९० लाख रूपैयाँ असुलेर १३ जना गैर कलाकारलाई कलाकार भन्दै मेक्सिको पुर्याइ उतै छाडेर आएको आरोप लगाइएको छ ।

पासाङ पूर्व सभासद तथा नयाँ शक्ति नेपालका सचिवालय सदस्यसमेत हुन् । मेक्सिकोमा आयोजित हिमाल आदिवासी जनजातिको संस्कृति आदानप्रदान कार्यक्रममा सहभागी गराउन गत चैतमा पासाङ र डन्डुले १३ जनालाई त्यहाँ लगेका थिए । जाँदा १५ जना गएपनि फर्कदा उनीहरू मात्र फर्किए । ती १३ जना अमेरिका पुगिसकेका छन् । कान्तिपुर दैनिकबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv