Latest Updates :

प्रचण्डलाई ओलीले हाने वाण ! ‘एक महिना वित्दा पनि सरकारलाई पूर्णता दिनुसक्नुभएन त, जनताले के अपेक्षा गर्ने ?


SHARE THIS POST :
न्यूजअभियान | प्रकाशित मिति : २०७३ भदौ ९ बिहिबार



काठमाडौं, ९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान संशोधन भन्दापनि कार्यान्वयनतिर ध्यान दिनुपर्ने बताएका छन् ।

बिहीबार थाइल्याण्ड प्रस्थान गर्नुअघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष ओलीले भने,‘संविधान परिवर्तनीय दस्तावेज हो भन्दैमा यसलाई संशोधनमात्रै गर्ने हो र ?

अब यसको कार्यान्वयनको लागिपनि हामीले ध्यान दिनुपर्छ । उखान टुक्काले राजनीतिक प्रहार गर्ने ओलीले आज भने सिधै प्रचण्डको नेतृत्वमा सरकार गठन भएको एक महिना वित्दासमेत सरकारले पूर्णता पाउन नससकेको उल्लेख गर्दै भने,‘सरकारको ताल हेरिसकियो, एक महिना भयो सरकार गठन भएको तर अहिलेसम्म पूर्णता पाउन सकेको छैन, अब यो सरकारसँग के अपेक्षा गर्ने ?’

उनले स्थानीय निकायको चुनाव आफ्नो नेतृत्वको सरकारले अघि सारेको कार्यतालिका बमोजिम नै हुनुपर्ने बताए । ओलीले आयोगले अघि सारेको प्रतिवेदन अनुसार चुनाव हुनुपर्ने धारणा राखे ।

ओली नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएका हुन । मृगौला प्रतयारोपण गरेका ओली दुई वर्षअघि गम्भीर बिरामी भएपछि नयाँदिल्ली र थाइल्याण्डमा उपचार भएको थियो ।

यसपछि उनी नियमित चेकजाँचको लागि थाइल्याण्ड जाने गरेको भएपनि प्रधानमन्त्री भएपछि जाँच गर्न गएका थिएनन् । ओली झन्डै दुई साता बैंककमा रहने छन् ।

ओलीलाई विदाई गर्न विमानस्थलमा उपाध्यक्ष वामदेव गौतम, महाचिव ईश्वर पोखेरल, सचिव प्रदिप ज्ञवाली लगायतका नेताहरु पुगेका थिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv