Latest Updates :

जन्ती लिएर जाँदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते


SHARE THIS POST :
प्रकाशित मिति: बिहिबार, भदौ ९, २०७३


भक्तपुर / भक्तपुरको नगरकोट नगरपालिका वडा नं ७ कलमसीबाट जन्ती लिएर जाँदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

जन्ती लिएर जाँदै गरेको बा४ख १९०५ नंको ७ नम्बर रुट चल्ने रिजर्भ बस आज बिहान ११ः४५ बजे नगरकोट–५ स्थित सुडालमा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।



घाइते हुनेहरुमध्ये ११ जनाको मध्यपुर अस्पताल थिमिमा र १८ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेको सङ्ख्या थप हुन सक्ने उहाँले जानकारी दिनुभयो । रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv