Latest Updates :

कोरियामा नेपाली युवकको सुतेकै ठाउँमा मृत्यु , कोरियामा एक हप्ताको अन्तरमा ४ नेपालीको मृत्यु


SHARE THIS POST :

सोल, ३१ बैशाख : कोरियामा हिजो मात्र गोबिन्द कडेलको आत्माहत्याको समाचारले दुखी बनाएको नेपालीहरुलाई आज विहानै अर्को दुखद समाचारले चिन्तित बनाएको छ । इपिएसबाट १ वर्ष अघि दक्षिण कोरियामा काम गर्न आएका जय राईको सुतिरहेकै ठाउँमा अचनाक मृत्यु भएको शुक्रबार विहान थाहा भएको छ । पाँचथर घर भएका राई अविवाहित हुन् ।

सउल देखि उत्तर तर्फ किम्फोस्थित सिएमसी कम्पनीमा कार्यरत राई विहिबार राती राम्रै सुतेको तर विहान अचानक मृत भेटिएको नजिकैका साथी सन्दिप दर्लामीले जानकारी गराए । राती १२ बजेसम्म फोनमा गफ गरेपछि सुतेका थिए । संधै विहान साढे ६ बजे उठ्ने राई आज विहान ६ बजेर ४० मिनेट सम्म पनि नउठेपछि उठाउदा चिसो र निलो भइसकेको संगै सुतेका प्रकाश खनालले जानकारी गराए । घटना बारे नेपाली दुतबासका श्रमसहचारीलाई जानकारी गराइ सकिएको छ । यो घराना संगै कोरियामा एक हप्ताको अन्तरमा ४ नेपालीको मृत्यु भएको छ ।फोनिज कोरियामा खबर छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv