एजेन्सीः स्पाइसजेट एयरलाइन्सका एक पाइलटले कोलकत्ताबाट बैंकक फ्लाइटको क्रममा एयर होस्टेजलाई ककपिटमा लगेर काखमा बस्न लगाएपछि पाइलट बर्खास्त भएका छन् । स्पाइसजेट जहाजका पाइलटले एयर होस्टेजलाई बोइंग ७३७ जहाजको ककपिटमा लगेर काखमा बस्न लगाएका थिए । पाइलटको यो आपत्तिजनक कार्य सार्वजनिक लगत्तै उनी बर्खास्त भएका हुन् ।
गलत नियतका साथ आफ्नो पेशाप्रति मर्यादित नभई यस्तो कार्य गरेको भन्दै घटना सार्वजनिक भए लगत्तै स्पाइसजेट एयरलाइन्सले पाइलटलाई बर्खास्त गरेको हो । पाइलटले एयरहोस्टेज माथि यौन शोषण गरेको अरोप लगाइएको छ । पाइलटलाई कार्यालयमा हुने यौन शोषण सम्बन्धी कानुनका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ । यो विषयमा प्रहरीले अनुसन्धानक क्रममा जहाजका अन्य कर्मचारीसँग सोधपुछ समेत गरेको छ । पाइलटले किन एयर होस्टेजलाई ककपिटमा लिएर बसे भन्ने विषयमा थप अनुसन्धान भइरहेको भारतीय सञ्चार माध्ययमले जनाएका छन् । यो गम्भीर घटना भएकाले पाइलटलाई कडा भन्दा कडा कारबाहि हुने अनुमान गरिएको छ।
पक्राउ परेका पाइलटमाथि प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ।
Post a Comment