Latest Updates :

बुटवलमा लाइनको तार चुँडियो, खेलिरहेका दुई बालक दाजुभाईको मृत्यु !


SHARE THIS POST :


रुपन्देही, साउन ३२– बुटवलमा बिजुलीको तार चुँडिएर भूईमा खस्दा आफ्नै घर वरीपरी खेलिरहेका २ नावालाक दाजुभाईको ज्यान गएको छ । मृत्यू हुनेमा १० वर्षिय रोहित क्षेत्री र ६ वर्षका रोहन क्षेत्री रहेका छन् ।


बुटवल उपमहानगरपालिका १२ स्थित जोगिकुटी चोकबाट प्रहरी तालिमकेन्द्र जाने भित्रीबाटोमा दिउँसो करीव २ बजेतिर एक्कासी तार चुँडिएर भूँईमा खसेको थियो । तिलोत्तमा नगरपालिकाको सिमानामा रहेको उक्त ठाउँ घरनजिकै रहेकोले तिलोत्तामा २० का गोपाल क्षेत्रीका छोराहरु साईकलमा खेल्दै पुगेको बेला करेण्ट लागेका प्रहरीले जनाएको छ । ‘बच्चाहरु साईकल चलाउँदै त्यहाँ पुगेर सितलमा आराम गरिरहेको बेला एक्कासी तार चुँडिएर खसेपछि दुर्घटना भयो’ ईप्रका बुटवलका डिएसपी महेन्द्र खड्काले भने, ‘हाईटेन्सनको तार चुडिएपछि घटनास्थलमै मृत्यू भएको भेटियो ।’ उनीहरुको शव पोष्टमार्टमका लागि अंचल अस्पत्ताल बुटवलमा राखिएको छ । विजुलीको तार चुँडिएकोबारे प्रहरीले छानविन सुरु गरेको डिएसपि खड्काले बताए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv