Latest Updates :

प्रचण्डको दिनगन्ती शुरु भइसक्योः बाबुराम


SHARE THIS POST :


२२ साउन, झापा । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बनेकै दिनदेखि पुष्पकमल दाहाल प्रचण्डको दिनगन्ती शुरु भएको बताएका छन् ।


झापाको बिर्तामोडमा प्रेस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै डा. भट्टराईले भने, ‘प्रधानमन्त्री बनेदेखि नै प्रचण्डको दिनगन्ती शुरु भइसक्यो, प्रचण्डको ठाउँमा अरु कोही भएको भए पनि यस्तै हविगत हुन्थ्यो ।’


प्रचण्ड ९ महिने अवधि तोकेर प्रधानमन्त्री बनेको तर्फ लक्षित गर्दै डा. भट्टराईले उनको दिनगन्ती सुरु भएको बताएका हुन् । यसरी ९ महिने अवधि तोकेर प्रधानमन्त्री बन्ने कार्यलाई उनले राजनीतिक अस्थिरताको संज्ञा दिँदै यसको विकल्पमा प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक रहेको उनको भनाइ थियो ।


अहिलेको परिस्थितिमा प्रचण्डले मुलुकको विकास गर्नसमेत नसक्ने उनले दाबी गरे । ‘२६ वर्षको अन्तरालमा ५ महिनादेखि २९ महिनासम्म २३/२४ वटा सरकार फेरिनुलाई राम्रो मान्न सकिँदैन’, डा. भट्टराईले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नहुञ्जेल यस्तै अस्थिरताको समस्या रहिरहन्छ ।’


अर्को प्रसङ्गमा डा. भट्टराईले संविधान अपूर्ण हुँदाहुँदै पनि आफूले गणतन्त्रलाई संस्थागत गर्न हस्ताक्षर गरेको बताए । उनले भने, ‘शासकीय स्वरुप, संघीयता लगायतको विषयमा थप बहस र सहमतिको जरुरी छ ।’


अहिलेको संसदीय व्यवस्था नै अस्थिरताको प्रमुख कारण भएको डा. भट्टराईको जिकिर थियो । मुलुकलाई आर्थिक समृद्धितर्फ उन्मूख गराउनसमेत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए ।


नयाँ शक्ति नेपालको प्रदेश नं. १ को पार्टी भेलाका लागि डा. भट्टराई बिर्तामोेड आएका हुन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv