Latest Updates :

जन्मदिनको बिहानै दीपाश्रीलाई किन रुवाए दीपकले ?पढ्नुस


SHARE THIS POST :


आफ्नो जन्मदिनको बिहानै दीपकराज गिरीलाई फोन गरिन् दीपाश्री निरौलाले । दीपकले हाई मात्रै भनेका थिए दीपाश्रीले भनि हालिन् ‘आज जन्मदिनको दिन बिहानै मलाई रुवायौ है’ ।

 खासमा उनलाई रुन वाध्य बनाएको थियो दीपकराजको फेसबुक स्टाटसले । उनले दीपालाई जन्मदिनको शुभकामना दिँदै यस्ताे लेखेका थिए ।

 संघर्षका दिनमा तिमिवाट साथ पाँए लडेर उठ्न खोज्दा तिमै हात पाएँ दु:ख हजार देउ हे इश्वर । तिमीलाइ मेरो माफि छ संसारसँग लड्न सक्ने यो साथि नै काफी छ । ‘दीपकको स्टाटस पढ्ने बित्तिकै पुराना दिन सम्झेर आँखावाट आशु आयो’ अनलाइनखबरसँग कुरा गर्दै दीपाश्रीले भनिन् ।

 राती १२ बजे नै उनका दिदीका छोराछोरीले उनको लागि केक काटेका थिए । फेसबुकवालमा राती १२ बजेदेखि शुभकामना सन्देश आउन सुरु भएको थियो । बिराटनगरमा रहेका उनका ७६ वर्षिय बुबा र मामा, माइजु र आफन्तहरुले बिहानै फोन गरेर शुभकामना दिए ‘अझ राम्रो गर्दै जानु’ भनेर ।
१० बजे पशुपति बृद्धाश्रममा रहेका बृद्धहरुलाई खाना खुवाउन गएकी दीपालाई गाईजात्रे युनिटले दिउँसो चार बजे केक काटेर स्वागत गर्ने योजना बनाएका छन् ।



‘कति वर्षको हुनु भयो हामी त्यति नै पाउण्डको केक ल्याउछौं भन्दै थिए मैले मेरो उमेर बराबरको केक ल्यायौ भने बोक्न सक्दैनौ भनेँ ।’ दिपाले हाँस्दै भनिन् । यसपालीको जन्मउत्सब बिगतको भन्दा फरक लागेको छ उनलाई । उनको भनाई अनुसार यो वर्ष उनको जन्मदिन दुईवटा परेको छ ।

एउटा आफु जन्मेको दिन अर्को आफुले निर्देशन गरेको फिल्म ‘छक्का पञ्जा’ रिलिज हुने दिन । उनले निर्देशन गरेको चलचित्र भदौ २४ गते सार्वजनिक प्रदर्शन हुँदैछ । उनलाई जन्मदिनको शुभकामना दिनेहरुले चलचित्रको सफलताको लागि समेत अग्रिम शुभकामना दिएका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv