अचेल मानवीय सम्बन्धहरुको प्रकृति अस्थायी बन्दै गएको छ। तैपनि मानिसहरु आपसी सम्बन्धलाई टिकाउन भरमग्दुर प्रयास गरिरहेका छन्। कतै तपाईंको सम्बन्ध पनि खतरामा त छैन?
१. सामाजिक सञ्जालमा सम्बन्धबारे कुरा गर्नु सामाजिक सञ्जालमा आपसी सम्बन्धबारे कुराकानी सुरु भयो भने त्यसलाई सम्बन्धमाथि प्रश्नचिन्ह उठ्न सुरु भएको संकेतका रुपमा लिइन्छ। सम्बन्धको सबैभन्दा बलियो प्रमाण हो, सामाजिक सञ्जालमा त्यसको कुनै चर्चा नहुनु। त्यसैले फेसबुक, ट्विटर आदिमा पोस्ट गर्दा विचार पुर्याउनु राम्रो हुन्छ।
२. साथीभाइ तथा परिवारका सदस्यसँग कुरा नमिल्नु यदि तपाईंको पार्टनरको परिवार तथा साथीभाइसँग फिटिक्कै कुरा मिल्दैन भने सोच्नुहोस्, तपाईंको सम्बन्ध धरापमा छ।
३. कुनै पनि काम गर्न असमर्थ हुनु तपाईं आफ्नो पार्टनरसँग हुनुहुन्छ र कुनै पनि काम गर्न असमर्थ हुनुहुन्छ भने त्यो तपाईंको सम्बन्धका लागि घातक हुनसक्छ। मानिसले आफ्नो सम्बन्धलाई निरन्तरता दिन र त्यसमा उर्जा थप्न कुनै न कुनै काममा व्यस्त रहनुपर्ने हुन्छ। त्यसैले कसैको उपस्थितिमा तपाईं वा तपाईंको पार्टनर केही पनि गर्न सक्नुहुन्न र त्यत्तिकै बसिरहनुहुन्छ भने त्यो सम्बन्ध लामो समय नटिक्ने संकेत हो।
४. सम्बन्धको भविष्यप्रति तपार्ईंमा सन्देह छ?
Post a Comment