Latest Updates :

Breaking News >>>>> ट्राफिक नियम उल्लंघनमा ५० हजारसम्मको जरिवाना !!!... See more


SHARE THIS POST :


सरकारले सवारी नियम उल्लंघन गर्ने सवारीमाथि हुने जरिवानालाई निकै बढाउने गृहकार्य गरेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन-२०४९ संशोधन गर्दै सरकारले कसुरको मात्रा हेरेर ट्राफिक नियम पालना नगर्ने सवारीसँग ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गर्न लागेको हो ।

अहिले सवारी नियम उलंघन गर्ने सवारी र सवारीधनिलाई ५ हजार रुपैयाँसम्म मात्रै जरिवानाको व्यवस्था छ । यसमा परिमार्जन गर्दै अब न्युनतम ५ हजारदेखि ५० हजार बनाउने तयारी भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए ।

‘एकहजार रुपैयाँ जरिवाना हुने त हो नि भन्दै नियम पनि मान्दिन, जरिवाना लिने रकम यात्रुसँगै उठाउँछु भन्ने मानसिकताले सार्वजनिक सवारीहरु चलेका छन्,’ महानिर्देशक श्रेष्ठले अनलाइनखबरसँग भने, ‘अब जरिवाना थोरै राखेर हुँदैन । अन्तर्राष्ट्रिय अभ्यासलाई हामी पछ्याउँदै जरिवना बढाउँछौं ।’

कुन कसुरका लागि कति नयाँ जरिवाना तोक्ने लिने भन्ने विषयमा औपचारिक निर्णय भने विभागले गरिसकेको छैन । तर, वृद्धिका लागि प्रस्ताव गरिने जरिवनाको लागि पूर्वतयारी भने गरिसकेको छ ।
केही समयअघि जरिवाना रकम बढाएपछि सवारी नियम पालनाको क्रम बढेको पाइएको सरकारको दाबी छ ।

जेलदेखि लाइसेन्स निलम्बनसम्म !

यसैगरी केही ठूला र महत्वपूर्ण सवारी नियमहरु उल्लंघन गर्नेविरुद्ध जेल सजायसम्म तोक्ने गरी ऐनको मस्यौदा तयार हुँदैछ ।

त्यस्ता चालकको लाइसेन्स ६ महिनासम्मका लागि निलम्बन गर्ने व्यवस्था पनि गर्न संशोधनमा प्रस्ताव गरिने भएको छ । ‘उच्छृंखल तरिकाले सवारी चलाउनेहरुले यो नियमको बिरोध गर्लान,’ महानिर्देशक श्रेष्ठले भने, ‘तर, सडकमा अनुशासन कायम गर्न यो प्रभावकारी हुनेछ ।’


ज्यान लिने चालकको लाइसेन्स खारेज

विभागले अब नयाँ प्रस्तावमा ज्यान लिने सवारीका चाकलको लाइसेन्स खारेज गर्न पनि प्रस्ताव गरेको छ । एउटै चालकले पटक-पटक सवारी दुर्घटनामा यात्रुको ज्यान लिने क्रम बढेको भन्दै हेलचक्र्याँइ गर्ने चालकको लाइसेन्स तुरुन्त खारेज गर्न अब ऐनमै व्यवस्था हुनेछ ।

‘सवारी चलाउँदा सावधानी नअपनाउने, नियम उल्लंघन गर्ने अनि सवारीले ठक्कर दिएर ब्याकसम्म गरेर ज्यान लिनेसम्मका अमानवीय र अनुचित कार्यहरु भइरहेका छन् । त्यसैले अब ज्यान लिने चालकको लाइसेन्स सीधा खारेज हुने व्यवस्था गर्दैछौं’ महानिर्देशक श्रेष्ठले भनेका छन् ।

उनले अघि भने, यो व्यवस्थाले धेरै यात्रुको ज्यान बचाउन सकिन्छ भन्ने हाम्रो अपेक्षा छ । कसैको अमूल्य जीवन समाप्त गर्नेलाई अहिलेको कानुनी कारवाही अपर्याप्त छ । त्यसैले अब कडा व्यवस्था गर्न लागिएको हो ।’

लाइसेसेन्स लिनः २१ वर्ष, १० कक्षा पास

यसैगरी संशोधनमार्फत सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि तोकिएको न्युनतम उमेर हद बढाउने तयारी गरिएको छ ।

१६ वर्ष उमेरमा नै लाइसेन्स दिँदा दुर्घटना बढेको निश्कर्ष निकाल्दै अब ४ पाङ्ग्रे सवारीको लाइसेन्स लिन २१ वर्ष पुगेको हुनुपर्ने प्रस्ताव गर्न लागिएको छ । अहिले १६ वर्ष पुगेकाले पनि साना सवारीको लाइसेन्स निकाल्न सक्छन् । अब ठूला सवारी लाइसेन्स लिन २५ वर्ष न्यनतम् उमेरहद तोक्न लागिएको छ ।

अब सवारी लाइसेन्स लिनका लागि अनिवार्य कक्षा १० पास गरेको हुनैपर्ने व्यवस्था पनि थप गर्न लागिएको छ । साना उमेरमा नपढेपनि लाइसेन्स निकाल्नेहरुले ट्राफिक नियम नजान्दा बढी दुर्घटना भएको सरकारको निश्कर्ष छ । त्यसकैकारण उमेर हद बढाएर शैक्षिक योग्यता अनिवार्य गर्न लागिएको हो ।

विभागले अब एक साताभित्रै यी व्यवस्थासहितको ऐन संशोधनको मस्यौदा यातायात व्यवस्था मन्त्रालयमा पेश गर्ने महानिर्देशक श्रेष्ठले बताए ।

source : onlinekhabar

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv