Latest Updates :

ओभरटेक गर्ने हुँदा सडकको पेटीमा आराम गरिरहेकाहरुलाई यसरी गाडीले ठक्कर दियो हेर्नुस भिडियो सहित


SHARE THIS POST :

१५ भाद्र, पथरी शनिश्चरे । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत मोरङको पथरी-मंगलबारे सडखण्डको सुनझोडा पुल नजिक एक बसले सडक पेटीमा आराम गरिरहेका दुई जना मानिसलाई ठक्कर दिएको छ । जनकपुरबाट काकडभिट्टा जाँदै गरेको ना ४ ख २८८१ नम्बरको यात्रुबाहक बसले अगाडी गइरहेको बसलाई तिब्र गतिमा ओभरटेक गर्ने हुँदा सडकको पेटीमा आराम गर्न बसिरहेका २ जना मानिसलाई ठक्कर दिएको हो । दुइटै बस तिब्र गतिमा भएकाले अनियन्त्रित भइ एउटा बस सडकबाट बाहिर गइ पेटीमा बसिरहेका मानिसलाई ठक्कर दिएर लछार्दै केहि पर सम्म पुर्याएको थियो ।

 तिब्र गतिको बस त्यसपछि सडकबाट १० मिटर जति तल खसेको थियो । नजिकैको सामूदायिक वनमा वन रुङ्ने पालोमा आएका मानिसहरु वनमा गस्ति गरिसके पछि सडक पेटीको रुखको शितलमा आराम गर्दै बसिरहदा बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए । घाइते दुई जनालाई तत्कालै उद्दार गरि मंगलवारेको प्राथमिक स्वास्थ्य उपचार केन्द्र पुर्याइएको छ भने बसमा यात्रारत यात्रुहरु सकुशल रहेका छन् । बस चालक बस छोडी फरार भएका छन् ।

 “जंगलको बिचमा भए पनि स्थानियहरुले धेरै प्रयोग गर्ने बाटो हो यो ।” एक स्थानियले भने, “तर बसहरु ओभरटेक गर्न खोज्ने तर अगाडी भएको बसले ओभरटेक गर्न नदिन झन् गति बढाउँने गर्दा यो क्षेत्र सडक जस्तो नभएर कुनै रेसिङ गर्ने ठाउँ जस्तो हुने गर्छ ।” सो क्षेत्रमा यसअघि पनि निकै दुर्घटना हुने गरेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv