Latest Updates :

शिक्षण अस्पताल महाराजगञ्जमा एक्काइस दिनपछि आफ्नो श्रीमतीले शव बुझिन देश विदेश बाट गरे नेपालीले सहयोग हेर्नुस भिडियो सहित


SHARE THIS POST :


काठमाडौं, १५ भदौ । शिक्षण अस्पताल महाराजगञ्जमा २१ दिनदेखि रहेको नवलपरासी पदमपुरका ५५ वर्षीय तीर्थ तामाङको आज उनकी श्रीमतीले बुझेकी छन् । लाइटनेपाल डटकमको अग्रसरतामा लाइटनेपाल डटकमका प्रतिनिधी तथा शारदा फाउन्डेसनका अध्यक्ष रतन चन्दको पहलमा करिब एक महिनादेखि अलपत्र परेको तामाङको शवलाई उनकी श्रीमती सुनिता तामाङलाई बुझाई आज नै पशुपतिस्थित शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।

 करिब एक महिनाअघि कमलपित्त (जन्डिस) भई अस्पतालमा भर्ना भएका तामाङको मृत्यु भएपछि परिवारले अर्थाभावमा शव लैजान नसकेपछि अलपत्र परेको थियो । ‘मैले आर्थिक अभावमा शव लैजान सकिनँ, अस्पतालको उपचार खर्च पनि तिर्न सकिनँ,’ तीनवर्षे छोरीसहित अस्पतालमा आएकी सुनिताले अर्थाभावमा मोतीबिन्दु भएकी छोरीको पनि उपचार गर्न नसकेको बताउँदै भनिन् । अस्पताल प्रशासनले तामाङको उपचारमा लागेको खर्च र शव गृहमा शव राखेबापतको रु ३० हजार छुट गरिदिएपछि शव लैजान सहज भएको चन्दले बताए । उनले पशुपति क्षेत्र विकास कोषले पनि तामाङको शव निःशुल्क शवदाह गरेको जानकारी दिए ।
तामाङको शव आर्थिक अभावमा अलपत्र परेकोबारे लाइटनेपाल डटकममा समाचार तथा भिडियो प्रकाशन भएपछि तामाङलाई देश–बिदेशबाट सहयोग जुटेको थियो । उनले भने, ‘मैले अस्पतालमा शव अर्थाभावमा लैजान नसकेको थाहा पाएपछि विदेशमा बस्ने साथीसँग सहयोग मागेको थिए । जापानमा बस्ने साथीले रु ३६ हजार सहयोग गरे । लामो प्रयासपछि अस्पताललाई तिर्नुपर्ने रकम छुट गराइयो । सङ्कलन भएको रु ७५,१०३ हजार श्रीमतीलाई हस्तान्तरण गरिएको छ ।’ चन्दले तामाङकी तीन वर्षीया छोरी सरु तामाङको पनि मोतिबिन्दुको उपचार गरिदिने जानकारी दिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv