Latest Updates :

श्रीमतीको हत्या गर्ने आफ्नै श्रीमान् र सासू पक्राउ


SHARE THIS POST :

पर्सा । श्रीमती हत्याको अभियोगमा पर्सा प्रहरीले श्रीमान् र सासूलाई पक्राउ गरेको छ । पर्साको भेडियाही–९ गदियानी टोल निवासी रमावती देवीको हत्याको अभियोगमा उनका श्रीमान् परमा मण्डल र सासू गदनीदेवी मण्डललाई पक्राउ गरेको हो

बीस वर्षीया श्रीमती रमावती देवीको शव घर नजिकै रहेको नागेश्वर साह तेलीको खेतमा गाडेको अवस्थामा शुक्रबार साँझ बरामद भएपछि श्रीमान् मण्डल र सासू गदनी देवीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिनुभयो ।रमावती देवीको हत्या गरी ससुराली पक्ष फरार भएको प्रहरीलाई सूचना प्राप्त भएपछि प्राप्त सूचनाका आधारमा तेलीको खेतमा गाडिएको शव खनी बरामद गरेपछि भारतीय गाउँ सेनवरीमा लुकी बसेका श्रीमान् र सासूलाई स्थानीयवासीको सहयोगमा शुक्रबार पक्राउ गरी ल्याइएको डिएसपी बोगटीले बताउनुभयो । रमावती देवीको शव वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा परीक्षण गराइएको प्रहरीले बताएको छ । रमावती देवीलाई विष सेवन गराई हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेको श्रीमान् र सासूलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखी अनुसन्धान भइरहेको छ

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv