Latest Updates :

-कस्तो जमाना आयो हो ? श्रीमातीले श्रीमानविरुद्व बलात्कार मुद्दा दर्ता गरेपछि…


SHARE THIS POST :

राजविराज–सामाजिक परम्परा अनुसार सामान्यतया विवाहपछि पतिपत्निका विच यौन सम्वन्ध स्थापित हुनु स्वभाविक हो । यहि समाजिक पराम्परा अनुसार हाम्रो समाज पनि अघि वढिरहेको छ । तर, पछिल्लो पटक आफ्नै पत्निले पतिविरुद्ध बलात्कार आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गराएकी छन् ।
प्रहरीले दिएको जानकारी अनुसार जिल्लाको कुशहा गाविस–७ वस्ने सुलेमान मियाका छोरा २५ वर्षिय हजरत मियाँ विरुद्ध यस्तो उजुरी दर्ता भएको हो ।

उजुरी अनुसार विवाहपछि सुलेमानले मादक पदार्थ सेवन गरी अश्लित चलचित्र देखाउँदै पटक–पटक पत्निमाथि करणी गर्दै आएका थिए । पतिको हिंश्रक कृयाकलापवाट आजिज भएर पछिल्लो समय माईतीमै वस्दै आएपनि सुलेमानले आफनो हकर्त जारी नै राखेको उजुरीमा उल्लेख गरिएको छ । पछिल्लो पटक गत असार २५ गते मध्यराती घरभित्र छिरेका सुलेमानले आफुमाथि जवर्जस्ति गर्न थालेपछि आफु चिच्याएको र छिमेकीहरु भेला हुन थालेपछि भागेको भन्दै उनले आफनो रक्षाका लागि प्रहरीसँग गुहार मागेकी छिन् ।

युवतीको उजुरीका आधारमा सप्तरी प्रहरीले हजरतलाई गत शुक्रवार नियन्त्रणमा लिएको छ । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी दानवहादुर कार्कीका अनुसार हजरत विरुद्ध जवरजस्ति करणी मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv