Latest Updates :

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु


SHARE THIS POST :

शुक्रबार, साउन २१, २०७३

राजविराज / ।
 पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्यानपुरस्थित विसनपुर चोकमा मोटरसाइकल दुर्घटनमा परी आज एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको कल्यानपुर गाविस–८ निवासी हरि चौधरी रहेको प्रहरीले जनाएको छ । ३५ वर्षीय चौधरीको भारतस्थित सिलिगुढीको पारामाउन्ट अस्पतालमा उपचारको क्रममा आज बिहान मृृत्यु भएको इलाका प्रहरी कार्यालय कल्यानपुरले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जानेत्रममा चौधरी चढेको ना १८ प ४७६४ नम्बरको मोटरसाइकलमा अज्ञात सवारी साधनले राति ठक्कर दिएपछि उनी घाइते भएको प्रहरीको भनाइ छ ।

यता ठक्कर दिने सवारी साधनको खोजीकार्य भइरहेको प्रहरीले बताइएको छ । रासस



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv