Latest Updates :

कांग्रेस सभापति शेरबहादुर देउवा पनि केपी ओलीकै लाईनमा


SHARE THIS POST :
प्रकाशित मिति: मङ्गलवार, भाद्र ०७, २०७३ समय - ११:११:३९



काठमाण्डु, ७ भदौ– कुनैबेला स्थानीय निकायको पुर्नसंरचनाका विषयमा पूर्वप्रधानमन्त्री केपी ओलीले राखेको प्रस्ताव अस्वीकार गरेका कांग्रेस सभापति शेरबहादुर देउवा अन्ततः ओलीकै लाईनमा उभिएका छन् ।

ओलीले वर्तमान अवस्थामा राज्य पुर्नसंरचना गरेर चुनाव गर्न कठिन भएकाले पहिलेकै संरचनामा सहमति गरेर त्यसमै आधारित भइ गाविस र नगरपालिकाको चुनाव गर्नुपर्ने बताएका थिए । तर, देउवाले पुर्नसंरचना नगरि चुनाव गर्न नसकिने तर्क राखेका थिए ।
कांग्रेस पार्टीका जिल्ला सभापतिको राजधानीमा भएको दुई दिने भेलालाई सम्बोधन गर्दै देउवाले समय निकै कम भएकाले अहिलेको अवस्थामा राज्य पुर्नसंरचना गरेर चुनाव गर्न निकै कठिन भएकाले पहिलेकै संरचनामा चुनाव गर्नुपर्ने धारणा राखेका छन् ।
देउवाले कुनैपनि हालतमा स्थानीय निकायको निर्वाचन गर्नै पर्ने भन्दै त्यसका लागि तयार रहन जिल्ला सभापतिहरुलाई निर्देशन दिए ।
देउवाको स्वार्थ

कांग्रेस माओवादी केन्द्रसँग मिलेर सरकार गठन गरेको छ । माओवादीसँग भएको सहमति अनुरुप माओवादीले स्थानीय निकायको चुनाव गराउने र त्यसपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने उल्लेख छ । विश्लेषकहरुका अनुसार देउवालाई प्रधानमन्त्री बन्न हतारो भएका कारण उनले जसरी भएपनि चैतमै स्थानीय निकायको चुनाव गराएर सत्ता आफ्नो हातमा पार्न चाहन्छन् ।

राज्यको पुर्नसंरचना गरेर चुनावमा जाँदा समय बढी लाग्नसक्ने देखिन्छ । यसका लागि समय बढी लाग्नु भनेको माओवादी सरकारमा रहरिहनु हो । त्यसैले देउवा पुर्नसंरचना नगरी पहिलेकै संरचनामा गनविस र नगरपालिकाको चुनाव गर्ने पक्षमा उभिएको राजनीतिक विश्लेषकहरुको दाबी छ ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv