Latest Updates :

हेर्नुहोस तपाईको आजको राशिफल , वि.सं. २०७३ साल भदौ १३ गते सोमबार,२०१६ अगस्ट २९ तारिख


SHARE THIS POST :


मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बेसुरमा वचन दिने बानीले दुःख पाइएला। नजिकका साथीभाइ टाढा हुनेछन् भने आफ्नाले सहयोग जुटाउनुको सट्टा धोका दिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। भूमि तथा पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ। व्यवहारमा आमाको माध्यम लाभदायक बन्न सक्छ।

 बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो मान-सम्मान पाइनेछ भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। मेहनतले विशेष अवसर दिलाउनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिनेछ। कृषिमा पनि मनग्य धन आर्जन हुने समय छ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा समेत विवाद बढ्ने सम्भावना छ। अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। व्यापारमा लाभांश कममात्र प्राप्त हुनेछ। विगतको श्रमबाट भने लाभ हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो रमाइलो जमघटको आनन्द लिनबाट वञ्चित भइएला। विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्।

 सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग असमझदारी बढ्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ।

 कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो मेहनतले आम्दानी बढाउनेछ। सानो प्रयत्न गर्दा ठूलो परिमाणमा फाइदा हुन सक्छ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य धन आर्जन हुनेछ। श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। सहयोगीहरू जुट्नाले दिन उत्साहवर्द्धक रहला। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ।

 तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते कीर्तिमानी काम गर्ने समय छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्न सक्छ। आस देखाउनेहरूले धोका दिन सक्छन्। आफ्ना काममाथि अरूको निगरानी हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला। व्यापारमा सामान्य फाइदा उठाउन सकिनेछ।

 धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिएलान्। श्रमको मूल्य थोरै मात्र प्राप्त होला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। अतिथिका रूपमा सम्मान समेत प्राप्त हुन सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।

 कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुन सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले पछिसम्म फाइदा हुने काम प्रारम्भ हुन सक्छ। केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।

 मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। पहिलेका सहयोगीहरूले साथ दिन छाड्नेछन् भने अस्वस्थताले कमजोरी महसुस हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। व्यवसायमा सोचेको फाइदा नउठ्न सक्छ। बौद्धिक व्यक्तित्वसँग प्रतिस्पर्धामा उत्रनुपर्ला। प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुन सक्छ। गुरुजनको मार्गदर्शन लाभदायक रहनेछ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv