Latest Updates :

१४ वर्ष साउदीमा जेलजीवन कटाएका ५५ वर्षीय वृद्व भन्छन्, ‘नेपाली माटोमा मर्न पाउँ’


SHARE THIS POST :


दोहा – १४ बर्षदेखि घर फर्किन नसकेका जितबहादुर दमाई घर फिर्ता गराउन पहल गरिदिनका लागि विभिन्न संघ–संस्था, नेपाली समुदाय र नेपाल सरकारसँग विलाप गरेका छन् । म ५५ बर्षको सेतै फुलेको बुढो मान्छे मर्नु आज हो कि भोलि टुंगो छैन । उनी भन्छन्, ‘नेपाली माटोमा टेकेर मर्न पाउँ ।’

गरिबिले थिचिरहेको बुढ्यौलीमा प्रदेशिन रहर थिएन जितबहादुर दमाईलाई । बाध्यता थियो, भोको पेट नाङ्गो शरीर अनि लालाबालाको उज्वल भबिष्य । त्यहि सपना बोकेर २०६० अरब हानिएका थिए जितबहादुर । तर, उनको सपना अन्धकार, कालकोठरी अनि मरुभूमिको बालुवासँगै रुमल्लिन पुग्यो ।

भाचोक–७ मकैखोला कास्कीका जितबहादुर पोखरा महेन्द्र गुफाका लक्ष्मन बस्नेत नामक दलालमार्फत साउदी पुगेका हुन् । साउदीमा मासिक ४ सय रियालमा बाख्रा चराउन पुगेका उनी साहुकै भाईको व्यवहारका कारण फसेको बताउँछन् ।

जितबहादुर परियारलाई नेपाल फिर्तिका लागि NRN NCC कतारबाट केन्द्रिय सदस्य प्रकाश परियारलगायतले पहल गरेका छन् भने एनआरएन कतारले एनआरएन साउदीसँग समन्वय गरि घटनाबारे बुझ्न र सम्बन्धित निकायसँग समन्वय गर्न अनुरोध गरेको छ ।

जितबहादुर आफ्नो व्यथा यसरी स–विस्तार सुनाउँछन्,
साहुको भाइले बाख्रालाई दाना, घाँस ल्याउने र खाना खर्च पानी ल्याउने गर्दथे । साहुले नै भाइ हो भनी चिनाजानी गराएकोले उनी घाँस ल्याउनेलाई पनि साहु नै सम्झन्थे । साहुको भाइलाई केही भन्न पनि नमिल्ने, उ पनि त साहु नै हो भनेर उसले भनेको कुरा कहिल्यै काट्न सक्दिनथें ।

एकदिन साहुले फोन गरेर पुलिस चौकी जानु छ भनेर साहु लिन आयो । साहुकै गाडीमा चढेर पुलिस चौकी गएँ, किन पुलिस चौकी जाँदैछु थाहा थिएन । भाषिक समस्याका कारण सोधपुछ पनि भएन ।

१० दिनसम्म पुलिस चौकीमा राख्यो, किन मलाई चौकीमा राखेको हो म अनविज्ञ थिएँ । १० दिनपछि साहुको भाइ पनि चौकी आयो र दुवैजनालाई जेल चलान गरियो । हामी दुवैजनालाई ६ महिनासम्म जेलमा राखियो र ६ महिनापछि कोर्टमा लगियो । मलाई ८ र उसको भाईलाई एक महिना जेल सजाय दिइयो । त्यसपछि हामीलाई फिर्ता गरायो ।

केहीदिनै अदालतले फेरि बोलायो र साहुले म माथि ७७ हजार र उसको भाईमाथि ५५ हजार को केस गरेको छ भन्ने जानकारी गरायो । त्यो रकम नेपाली रपैयाँ हो वा साउदी रियाल म अनविज्ञ थिएँ ।

यसरी मुद्दा चलाउँदै दुई बर्ष फेरि जेल राखियो र चौकी ल्यायो र ७७ हजार तिर्नुपर्ने बताइयो । मैले ४०० रियाल मा मजदुरी गर्ने मान्छे कहाँ हुन्छ ७७ हजार म त्यहिमाथि जेलमा छु, भनेपछि दुई दिन चौकी राखेर फेरि जेल चलान गरियो ।

तीन बर्ष जेल सजाय भएपछि नेपाली दूतावासबाट आधिकारिक व्यक्ति आएमा र हस्ताक्षर गरेमा तिमी फिर्ता हुन पाउँछौ भनेपछि हारगुहार गरे र ३ जना आउनुभयो । र, हस्ताक्षरपछि अब २७ दिनपछि छुटकारा मिल्ने भयो । खुसी भएँ, नफस्नु फसे अब छुट्नासाथ नेपाल जान्छु र दुःखजिलो गरेर खान्छु भनेर २७ दिनको प्रतिक्षा गरेँ । तर कयौं २७ दिनहरु बिते तर मलाई अदालतबाट फुकुवा गरिएन सात बर्ष बित्यो अनि म जेलबाट फुकुवा भएँ ।

जेलबाट सजाय सकिएको र फुकुवा भएको कागजात दियो । प्रहरी चौकीले पनि छुट्कारा पाएको कागजात दिए । घर जाने तयारीमा थिएँ, घर जानु पूर्व एकामाको पैसा तिर्नुपर्छ भन्ने नयाँ बज्रपात बज्रियो म माथि ।

लामो समय जेलमा बिताएको हुँदा रोटी खानलाई समेत पैसा थिएन । अन्तत साहुले एकामाको पैसा तिर्ने भयो । घर फिर्ने कुरा हुँदाहुँदै पासपोर्ट बिना नेपाल फिर्ता हुन नपाउने भनेपछि थप समस्यामा परेँ । म सँग पासपोर्ट थिएन । पासपोर्ट नभएपछि रियाद नेपाली दूतावास गएर पासपोर्टका लागि लिखित कागजात ल्याएँ । तर, ती कागजातले नेपाल फिर्ता हुन नपाउने भएँ ।

पासपोर्ट बिना नेपाल फिर्ता हुन नपाउने र पासपोर्ट नदिने भएपछि मैले केही साथीहरुको सल्लाह बमोजिम कपिलले पासपोर्ट नदिएको हुँदा पासपोर्ट दिलाई पाउ भने अदालतमा मुद्दा दायर गरेँ ।

पुरै कर्मकाण्ड हिसाब गर्दा १४ बर्ष भयो, न पासपोर्ट पाएँ न नेपाल फिर्ता हुन नै पाएँ ।

दुई छोरा, एक छोरी र श्रीमती परिवारमा रहेका जितबहादुर भन्छन्, ‘१४ बर्षदेखि परिवारसँग सम्पर्क हुन सकेको छैन, परिवार के कस्तो हालतमा छन् थाहा छैन ।’

म ५५ बर्षको सेतै फुलको बुढो भईसके, कहिले बाटोमा सुत्छु, कहिले बाटोमा फालेका खानेकुरा खाएर सास धानेको छु ।

नेपाल फर्किने आशा र मर्नुपरे पनि नेपाली माटोमा पुगेर मर्न पाउँ भन्दै नेपाल सरकार, नेपाली संघ–संस्था, साथै नेपाली जनताहरुलाई नेपाल फिर्तिका लागि पहल गरिदिनका लागि विलाप गरेका छन् । जितबहादुर रफा साउदीमा रहेका छन् , +९६६-५५०८१७६५८  सम्पर्क नम्बर रहेको छ ।
साभार: रातो पाटी
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv