Latest Updates :

सलमानले गिफ्ट दिएका थिए घर, पतिसंग घुम्न गएकी बहिनीको घरबाट लाखौँको चोरी


SHARE THIS POST :

बलिउडका ‘सुल्तान’ सलमान खानको कान्छी बहिनी अर्पिताको घरमा चोरी भएको छ। चोरले अर्पिताको घरबाट करिब ३.२५ लाख भारु बराबरको सुन र नगद लगेको बताइएको छ। घरमा चोरी हुँदा अर्पिता आफ्ना पति आयुषसंग बान्द्रामा बिदा मनाउँदै थिइन। २१ अगस्ट आइतबार घर फर्केपछि घरमा चोरी भएको थाहा पाएकी हुन।

अर्पिता पति आयुषसंग
घरको काम गरने अफशा खान काममा नफर्केपछि चोरी पत्ता लागेको थियो। घरको सबै काम गर्दै आएकी अफशालाई प्रहरीले पक्राउ गरेको छ।

सलमानले गिफ्ट दिएका थिए घर..


सलमानले अर्पिताको विवाहमा बान्द्राको पेसिफिक हाइट्समा ३ फ्ल्याट गिफ्ट गरेका थिए। यो बान्द्रा स्थित सलमानको घर ‘ग्यालेक्सी अपार्टमेन्ट’बाट पाँच मिनेटको दुरीमा पर्छ। सलमानले बहिनीको घरको लागि करिब १६ करोड भारु तिरी किनेका थिए।

सन् २०१४ नोभेम्बरमा सलमानले धुमधामले अर्पिताको विवाह गराएका थिए। अर्पिताको अहिले एक छोरा भइसकेको छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv