Latest Updates :

महिलाहरुले गर्भनिरोधका लागि चक्की खाने गरेको त सबैलाई थाहा भएकै कुरा हो । अब परेवालाई गर्भनिरोधक औषधि खुवाउन थालिएको छ ।


SHARE THIS POST :

महिलाहरुले गर्भनिरोधका लागि विभिन्न खाले गर्भनिरोधक चक्की खाने गरेको त सबैलाई थाहा भएकै कुरा हो । सहरतिर मुसा तथा कुकुरको संख्या नियन्त्रणका लागि कुकुर र मुसाको समेत बन्ध्याकरण गरिदिने गरेको समेत बेलाबेलामा सुनिन्छ । तर अब गर्भनिरोधको यो मेलोमा परेवा पनि मिसिएको छ । परेवाको बढ्दो संख्यालाई नियन्त्रण गर्नको लागि परेवालाई गर्भनिरोधक औषधि खुवाउन थालिएको छ ।

 स्पेनको प्रसिद्ध सहर बाडिया डेल भ्यालेसमा परेवाको बढ्दो संख्यालाई नियन्त्रण गर्नका लागि परेवालाई गर्भनिरोधक औषधि मिसाइएको चारो खुवाइँदै छ । परेवालालाई गर्भनिरोधक दाना खुवाउनका लागि स्वचालित डिस्पेन्सरको प्रयोग गरिएको छ । परेवाको प्रजननको लागि उपयुक्त समय जुलाई देखि डिसेम्बरको बीचमा हुने भएकाले जुलाई सुरु हुँदै सहरमा परेवालाई गर्भनिरोधक दाना खुवाउन थालिएको हो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv