Latest Updates :

साउदीबाट युवतीको चीत्कार:नेपाल फर्किन चाहन्छु । मलाई आमा भेट्न मन छ । जसरी हुन्छ पहल गरेर छिटो निकालिदिनुहोस्


SHARE THIS POST :

उजिर कार्की/उज्यालाे ।
काठमाडौं, असार १०– ‘म नेपाल फर्किन चाहन्छु । मलाई आमा भेट्न मन छ । जसरी हुन्छ पहल गरेर छिटो निकालिदिनुहोस् ।’ साउदीको एक घरमा बन्धक नवलपरासीको जता ४ की शान्ति गुरुङ घर फर्किन यसरि नै चिच्याइरहनु भएको छ ।

घरमा फोन गर्दै नेपाल फर्काउन पहल गर्न आग्रह गर्नुहुन्छ । तर नेपाल फर्किने चाहना ११ वर्षदेखि आलटालमै बित्दैछ । शान्तिका परिवारले, नेपाली राजदूतावास साउदीका कर्मचारी र केहि संघसंस्थाले शान्ति कार्यरत साउदीका घर मालिकसँग कुरा पनि गरिसकेका छन् । तर शान्तिको घर फर्किने चाहना पुरा गर्न सकेका छैनन् ।
शान्तिलाई घर फर्काउन अनुरोध गर्ने व्यक्तिलाई घर मालिकले भाका राख्दै झुक्याउँदै गरिरहेको छ । उसले कहिले रमजान सकिएपछि पठाउँछु भन्छ त कहिले ईद सकिएपछि पठाउँछु भन्छ । तर धेरै वटा रमजान र इद सकिँदा पनि शान्ति घ फर्कन पाउनु भएन ।

शान्तिले काम गर्दै आएको घरको मालिकले केहि दिनदेखि त मेरो घरमा कोहि पनि नेपाली छैनन् भन्न थालेको छ । शान्तिले घरमा फोन गर्दा छिटो नेपाल फर्काइदिनु भन्न छाड्नु भएको छैन । शान्तिले बारम्बार फोन गरेपछि परिवार आत्तिएका छन् । विभिन्न संघ संस्थामा उद्धारका लागि आग्रह गरिसकेका छन् । तर न संघसंस्थाले उद्धार गर्न सके न त सरकारी निकायले नै चासो दिए ।

नेपाली राजदूतावास साउदीमा पनि शान्तिलाई फर्काउन पहल गरिदिन आग्रह गरिएको छ । दूतावासले वास्ता नगरेको पीडितको गुनासो छ । परिवारले शान्तिको पासपोर्ट, भिसा र घर मालिकको फोन नम्बर सहित दूतावासमा आग्रह गरेका छन् ।

२०६२ सालमा रोजगारीका लागि शान्ति साउदीको दमामस्थित एक घरमा पुग्नु भएको थियो । दलालले भारतको बाटो हुँदै साउदी पुर्‍याएकी शान्ति एक पटक घरमा फोन गरेपछि लामो समयसम्म सम्पर्क बिहिन हुनुभयो ।

नवलपरासीकै चिसापानी बरघाटका दम्पती अशोक गुरुङ र कुमारी गुरुङले शान्तिलाई साउदी पु¥याएका थिए । अशोकको मृत्यु भैसकेको छ भने कुमारीले झापाका एक युवकसँग दोश्रो विवाह गरिसकेकी छन् । १८ वर्षे शान्ति कक्षा ८ को पठाई छाडेर साउदी उड्नु भएको थियो । दलालले आफ्नै खर्चमा पासपोर्ट बनाएर मुम्बई पुर्‌‍याएका थिए । त्यहाँबाट साउदी पुर्‍याए ।

अहिले शान्तिको पासपोर्टको म्याद पनि सकिएको छ । घर मालिकले अर्को पासपोर्ट बनाउन दिएको छैन । घर परिवार आत्तिएका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv