Latest Updates :

साउदी जेलबाट पन्च बहादुर रोका मगरको प्रधानमन्त्रीलाई पत्र “म बॉचेर फर्कन चाहान्छु, फासी चड्न चाहदिन बचाई दिनुहोस्”


SHARE THIS POST :

सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार,

कालोकोटी साउदीको हायल जेलबाट, बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र कोर्दै छु, हुन त हजुर सामु नपुग्न सक्छ। तर म यहि जेलबाट सडेर गयपनी जिउनेहरु ले पक्कै पनी पढने छन।

म गरिबको पिडा, नत घर न त घडेरी नै … पैसा कमाएर आफ्नो भबिष्य सुधार्ने महान सपना बोकेर १८ बर्ष पहिले म खाडि मुलुकको साउदी अरब आएको थिएँ र म कुनै सिप नभयको तथा घर न घडेरीको मान्छे। त्यसैले साउदी पुगे संगै म एउटा साउदि नागरीक को (मझरा) भेडा हेर्ने काम पाएको थिए। मैले ईमान्दार संग काम गरी रहेको थिय। मलाई मालिकको बिश्वासनियता कै कारण ९ बर्ष सम्म एउटै मालिक संग काम पनि गरेर मेरा साना सपना पनी पुरा भएका थिए। बर्षामा चुहिने सानो झुपडी थियो घर बनाए र खान पुग्दैन्थयो जग्गा किनेर अन्न आफै उत्पादन गरेर खान सम्म आत्म निर्भर भएकै थिय। ९बर्ष सम्म एउटै मालिक संग काम गर्दा मालिकको म माथिको बिश्वास संगै म २ पटक सम्म छुट्टी लिएर घर पुगेर घर ब्यबस्था मिलाएर म पुन:धन कमाउन पुगेको थिए । त्यति बेला सम्म म गरीबको घर जाम जेनतेन आत्म निर्भर बनाइसकेको थि। पुन: म साउदी पुगेर साहुको काम गर्न सुरु गरेर त्यहि मेरो साहुको ग्यारेजमा काम गर्ने ३ जना भारतिय (केरला) पनि थिए । एउटै साहु संग काम गर्ने भएपनि म एउटा भेडा चराउथे त तिनीहरु ग्यारेजमा काम गर्थे। कहिले काही म बस्ने मझरा पनि जान्थे तिनीहरु संगै काम गर्थ्यौ संग संगै बस्थ्यौ। म मेरो साहु संग धेरै नजिकको भइ सकेको थिए ९ बर्ष भइ सकेको थियो। बिश्वास गर्थ्यो मलाई साहुले अनी त्यस्तै कहिलेकाही संगसंगै काम गर्ने गर्थ्यौ तर काम कै बारेमा अलिअली बिबाद पनि हुने गर्थ्यो।

म पनी कमाउन आएको उनीहरु पनी कमाउन आएको तर १ जनालाई साहुले आफ्नै ग्यारेजमा राख्थ्यो त २ जनालाई म संगै काम दिन्थ्यो तर तिनीहरु काम गर्ने भनेर गएपनी तर दिनभर सुतिरहन्थे र म केहि भन्दैन्थे । अनी साहु गएर मलाई भन्थ्यो कि तिमी ३ जना किन काम गर्दैन मलाई कराउथ्यो म अझै सान्त भएर बस्थे। त्यस्तै गर्दा गर्दै साहुले काम नगरेको भन्दै मेरो २ महिनाको तलब समेत काटिदियो। अनी म गरीबको पसिना बगाएको रकम मैले पाएन तिनीहरुको कारणले त्यस्तै गर्दा गर्दै त्यहि बिषयमा झगडा भयो र मलाई नै पहिले बेसरी कुटे तर मैले केहि गर्न सकिन किन कि म अर्काको देश छु । यहॉको कानुन उल्टो छ, म कमाउन आएको घरमा फुल जस्ता छोराछोरी र स्वास्नी छन भन्ने सोचे। मलाई अति नै कुटे र खुट्टामा हानेर ठुलो घाउ समेत भइ सकेको थियो। अनी मैले सहन सकिन र मन मुटु एकै भयो रिस थाम्न सकिन धेरै सोचे तर भएन। अन्तिममा एक भारतियको मृत्यु भएछ। त्यो समय आउला सोचेको पनि थिइन। त्यसै केशमा मलाई जेल हालियो र जेलमा हालिसकेपछि अदालतले फैसला सुनाउनु पर्नेमा जुन मृतक थियो त्यसको कोहि आफन्त आएर मुद्दा दर्ता भएन अनी म गरीबका सपनाहरु जेलमा सडे र अदालतले पहिले भनेको ५ बर्ष जेल हुन्छ ५ बर्ष पुग्यो तर त्यति बेला सम्म पनी मृतकको कोहि नआएर भारतिय दुताबासले ५ बर्ष पुगेपछि पुन:केश उल्टायो र म जेलको जेल नै सडे /माननिय प्र.म,ज्यु ।

अहिले ९ बर्ष पुग्दा समेत मृतकका आफन्तको अनुपस्थिती भए तर म एउटा नेपाली जेल परेको छ भन्ने सबैलाई थाहा छ तर न त कुनै संघ संस्था सोधपुछ गर्न आउछ त न दुताबास नै म त एउटा सडेको जनावर भए। घरमा भने मेरा फुल जस्ता छोरा र छोरी छन तिनको माया लाग्छ। आफ्नो गाउ घर तथा प्यारो नेपालको माया लाग्छ तर अधेरा कोठाहरुमा टोलाई रहेको छु। अदालतले भन्छ तेरो दुताबासबाट केहि फाईल लेउ तब काम हुन्छ तर म संग भने न त नम्बर नै छ न त केहि सम्पर्क नै म बिलिन छु। हुन त म एउटा गाउको कुनाको मान्छे भएर होला कसैले चिन्दैन। तर माननिय प्र.म ले चिन्नु हुन्छ, थबांग, मलाई आश पलाएर आएको छ हजुरको बोलीले जब खाडी मुलुकमा रहेका कैदीहरुलाई निकाल्छु भनेदेखि अब मैले पुनरजिबन पाउछु कि भनेर। माननिय प्र.म ज्यु,बिन्ति गर्छु, म जेलमै सढन चाहदैन प्र.म ज्यु कतैकतै आशहरु आउदै छन कतै प्र.म ज्यु को भाषणले नै मेरो जिबन त बच्दैन भनेर, म के गरु अदालतले फैसला त सुनाएको छैन तर को संग सम्पर्क गरु म दुताबासमा त को कहा छ थाहा नै छैन।

सायद मलाई सडेको हेर्न चाहान्छ, किन नकहिले हेर्न आउछ त न कहिले समपर्क नै ९/९ बर्ष भइ सक्यो म सडिसके ‘म बॉचेर फर्कन चाहान्छु तर रातो बाकसको पर्खाइ त गरेको छैन होला सरकार’ तर हजुर प्रति बिश्वास छ, हजुर सॉचिक्कै राष्ट प्रेमी हुनूहुन्छ। प्र.म ज्यु हजुर सॉच्चिक्कै नेपाल र नेपाली प्रति उत्तरदायी हुनुहुन्छ र मेरो पिडालाई पक्कै पनी ध्यान दिनुहुनेछ। कठैबरा प्र.म ज्यु कति अभागी रहेछु म स-साना कोपिला छोरीछोरी घर परिवार छोडेर प्रदेशिएर बिदेशी भुमीमा अल्पायु मै फॉसी चडनु पर्ने कुन कर्म लिएछु होला।

अन्तत: हजुरले पककै पनी पुनरजिवन दिनुहुनेछ बिश्वास बोकेको छु। जसरी पनि ध्यानाकार्षन हुनेछ मलाई यो कालोकोठारीबाट पक्कै पनी मुक्ति दिलाउनु हुनेछ र सम्भव नभए मेरो जन्म भुमी पाईला राख्ने सपना पुरा होला नहोला तर म यहि जेलमा सडेर गएपनि मेरो देश बॉचीरहोस र नेपालीहर पनी स्वदेशमै रोजगारदाता भइ बसुन । म जस्तै खाडिको जेलमा नसडुन भन्दै मेरो अन्तिम इच्छा आफ्नो देशमा पाईला टेक्ने भएको हुदा नेपाल सरकार तथा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा यो कालोकोठारीबाट आशुले लेखेको पत्र पेश गर्दै बिदा हुन्छु । नमस्कार !

कृपया यो पत्र प्रधानमन्त्री सम्म पुर्याउन सक्दो सेयर गरिदिनु होला ! धन्यवाद !!

उहि अभागी: पन्च बहादुर रोका मगर

कालोकोठारी हायल सेन्टर जेल,साउदी अरब ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv