Latest Updates :

बालकोटबाट प्रचण्डलाई ओलीको काउन्टर, ‘रेल ल्याउने योजनाबाट पछि नहट्नुस्, पैंसाको जुगाड म गर्छु’


SHARE THIS POST :

काठमाण्डु, १९ साउन–
 बुधबार प्रधानमन्त्रीको निर्वाचन हुनुअघि संसद भवनमा बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई रेल ल्याउने योजना बनाएको तर बजेटको व्यवस्था नगरेको भन्दै कडा प्रहार गरे

माओवादीले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि केही दिनअघि संसदमा बोल्दै ओलीले आफूले सुरु गरेका योजना तथा निर्माण कार्यलाई निरन्तरता दिने कि नदिने भन्दै प्रचण्डलाई प्रश्न गरेपछि बुधबार प्रचण्डले ओलीलाई योजना त बनाउनुभयो तर पैंसा कहाँबाट ल्याउनुहुन्थ्यो भन्दै प्रश्न गरेका थिए ।
प्रचण्डले ओलीलाई रेलमार्ग निर्माण लगाएतका विभिन्न योजना बनाएको तर त्यो योजना सम्पन्न गर्नका लागि राष्ट्रको ढुकुटीमा पैंसा नभएको र दार्त निकायसँग पनि पहल नगरको अवस्थामा योजना कसरी सम्पन्न हुन्थ्यो भन्दै प्रश्न गरेका थिए । प्रचण्डले भने, ‘योजना बनाउनु भयो । धेरै हल्ला पनि गर्नुभयो तर पैंसाको जुगाड गर्नु भा’छैन ।’

ओलीले प्रचण्डले संसदमा सोधेको जवाफको उत्तर आफ्नो नीजि निवास बालकोट पुगेर दिएका छन् । बालकोटमा सम्बोधन गर्दै ओलीले प्रचण्डलाई रेल ल्याउने कुरामा अडिग रहन आग्रह गर्दै पैंसाको जुगाड आफूले गर्ने बताए । उनले भने, ‘तपाईं रेल ल्याउने योजनाबाट पछि नहट्नुस् । पैंसाको जुगाड म गर्छु ।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv