Latest Updates :

श्रीलंकामा ९० भन्दा बढी नेपाली महिला अलपत्र : नेपाल फर्काउन पहल गरिने...हेर्नुहोस ..


SHARE THIS POST :
काठमाडौं ।
 सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदीले श्रीलंकामा अलपत्र ९० भन्द बढी महिलालाई जतिसक्दो चाँडो उद्धार गरी नेपाल फर्काउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

मुख्य सचिव सुवेदीले मन्त्रालयका सचिवहरुलाई बोलाएर तत्काल पीडित महिलाको उद्धार गर्न निर्देशन दिएका हुन् ।इराक, कुवेत, ओमनलगायत मुलुकमा धेरै आम्दानी हुने काम लगाइदिन्छु भन्दै श्रीलंका र्पुयाइएका ९० जनाभन्दा बढी नेपाली महिलालाई त्यहाँको एउटा घरमा थुनेर राखिएको छ ।

श्रीलंकाबाट नेपाल र्फकन सफल ४१ वर्षीया मनमाया दनुवारले त्यहाँ अलपत्र दिदीबहिनीको उद्धार गरिदिन सरकारलाई गुहारेकी हुन् ।उदयपुर गाईघाटकी मनमायाले गत असार १० गते एजेन्टलाई दुई लाख रुपैयाँ बुझाएपछि त्यसको भोलिपल्ट बिहानै उनलाई स्वयम्भूबाट नयाँदिल्ली जाने बस चढाएर भारत र्पुयाइएको थियो ।

नयाँदिल्लीमा तीन रात राखेर उनीलगायत अन्य १७ जनालाई हवाईजहाजबाट नै श्रीलंका लगिएको थियो । श्रीलंकामा बस्न पाउने ३० दिनको उनको भिसा सकिइसकेको छ भने अन्य सबै महिला पनि अनुमतिभन्दा धेरै दिन बसिरहेका छन् ।उद्धारका लागि श्रीलंकासँग पनि सम्पर्क गरिसकेको परराष्ट्रमन्त्रालयका प्रवक्ता भरत पौडेलले जानकारी दिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv